प्रधानन्यायाधीशको नाममा नक्कली ट्विटर आइडी बनाएर प्रचार गरेकाप्रति ध्यानाकर्षण

काठमाडौँ।प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको ट्विटर (एक्स) अकाउन्ट नभएको र नक्कली आइडी बनाएर गलत प्रचार गरेकाप्रति प्रधानन्यायाधीशको निजी सचिवालयले ध्यानाकर्षण भएको जनाएको छ।
प्रधानन्यायाधीशको निजी–सचिवालयका उपरजिस्ट्रार नवीनकुमार यादवले जारी गरेको विज्ञप्तिमा एउटा मिडियाले ‘प्रधानन्यायाधीश राउतको ट्विटर (एक्स) अकाउन्टबाट असान्दर्भिक पोस्ट, ह्याक भएको आशंका’ शीर्षकमा प्रकाशित समाचार र सो समाचारमा सङ्लग्न ट्विटर अकाउन्ट एवं सोमा लेखिएको व्यहोराप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ।
‘सर्वोच्च अदालतको गरिमा र मर्यादा घटाउने तथा प्रधानन्यायाधीशको व्यक्तित्वमा क्षयीकरण गराई न्यायपालिकाप्रति भ्रम सिर्जना गर्ने दुष्प्रयास गरेकाले सो ट्विटमा उल्लेख भएको झुटो व्यहोराप्रति विश्वास नगर्न सबैमा अनुरोध गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस प्रकारको गलत एवं भ्रामक सामग्री तत्काल हटाउन तथा सो सामग्री ट्विट गर्ने व्यक्तिलाई शीघ्र कानुनी दायरामा ल्याउन अनुसन्धान गर्ने निकायलाई आवश्यक निर्देशन दिई सकिएको व्यहोरा सबैको जानकारीका लागि अनुरोध छ।’










‘टियागो ईभी कार्टनिभल सम्पन्न’, आशिम र समय्याले जिते ‘पीएस ५’पुरस्कार
देउवा र शेखर कोइरालाबीच भेट, के भयो कुराकानी ?
बिलबिजक नभएको सामानसहित एक जना पक्राउ
भारतमा ७ बस ठोक्किए : चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते
पाँच महिनामा ८ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’ आयोजना हुने
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
एसीसी यु–१९ एसिया कपः नेपाल श्रीलंकासँग पराजित
प्रतिक्रिया