संविधानलाई समयानुकूल संशोधन गर्नुपर्छ: मुख्यमन्त्री पाण्डे

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संविधानलाई समयानुकूल संशोधन गर्नुपर्नेमा जोड दिएका छन् ।
नेपाल प्रेस युनियन गण्डकी प्रदेशद्वारा आज पोखरामा आयोजित अग्रज पत्रकार किशोर नेपालद्वारा लिखित ‘नेपालका निधि’ नामक पुस्तकको लोकार्पण गर्दै उनले संविधान सहमतिको दस्तावेज भएकाले सबै राजनीतिक पार्टी एकै ठाउँमा बसेर सहमतिका आधारमा संविधान संशोधन गर्न आवश्यक रहेको बताए ।
मुख्यमन्त्री पाण्डेले प्रदेश सरकार लोकप्रिय हुन नसक्नुमा पनि कानुनहरू नै बाधक रहेको जिकिर गरे ।
नेपाली कांग्रेसका नेता महेन्द्रनारायण निधिबारे लेखिएको यो पुस्तकले राजनीतिक इतिहासलाई उजागर गरेको र निधि इमान्दार तथा निष्ठाको राजनीति गर्ने व्यक्ति भएकाले उनको योगदान पार्टीमा महत्वपूर्ण रहेको बताए ।
कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले प्रजातान्त्रिक आन्दोलनमा महेन्द्रनारायण निधिले पुर्याएको योगदानलाई भुल्न नसकिने बताए ।










सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
तरुलखेतीबाट २२ जनालाई रोजगारी, ७ लाख बचत
राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिवमा डा सुवेदी नियुक्त
एमाले फर्किएकी रामकुमारी अत्यधिक मतका साथ केन्द्रीय सदस्यमा विजयी
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
एमाले महाधिवेशन : अहिलेसम्म कति मत खस्यो ?
एमाले महाधिवेशन : दुई जनाकाे उम्मेदवारी खारेज र १५ ले लिए फिर्ता
राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पाठक नियुक्त
एमाले महाधिवेशनः उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन
प्रतिक्रिया