ब्यारेकमै मृत भेटिइन् सशस्त्रकी इन्स्पेक्टर, छानबिन गर्न समिति गठन

काठमाडौं । सशस्त्र प्रहरी बलकी इन्सपेक्टर सन्तोषी महतको मृत्यु घटनाको छानबिन गर्न समिति गठन भएको छ ।
राष्ट्रिय सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा कार्यरत डीआईजी लक्ष्मण सिंहको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको हाे ।
शनिबार राती सन्तोषी ब्यारेकको शौचालयमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।
उनी २०७२ सालमा सिपाहीबाट सशस्त्र प्रहरीमा भर्ती भएकी थिइन्। त्यसपछि २०७८ सालमा असईमा नाम निकालेकी थिइन्।
सन्तोषीले २०८१ मा १७औं ब्याचमा इन्स्पेक्टरमा नाम निकालेकी थिइन्।
सशस्त्र प्रहरीकै एक सिनियर इन्स्पेक्टरसँगको सम्बन्धका कारण घटना भएको हुनसक्ने परिवारको आशंका छ। परिवारले ती इन्स्पेक्टरविरुद्ध आत्महत्या दुरुत्साहनको कसुरमा किटानी जाहेरी दिएका छन् ।
सन्तोषीको शव अहिले परिक्षणका लागि काठमाडौं ल्याइएको छ । उनकाे बाबु आमा हाल अष्ट्रेलिया रहेककाले उनीहरु नेपाल आएपछि उनकाे अन्त्येष्टि गरिने बताइएकाे छ ।















‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’
बेलायतमा पाँचौं ए स्टार नेपाल बास्केटबल लिग मार्च १५ देखि
आयल निगमले भन्याे- ग्यासको आयात निरन्तर छ, अनावश्यक सञ्चिती नगरौँ
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
अल्ट्रा धावक टोली भारत प्रस्थान
मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
मध्यपूर्व युद्धः लेबनानमा एक लाख मानिस विस्थापित
आज २०८२ साल फागुन २७ गते बुधबारको राशिफल
प्रतिक्रिया