वर्तमान सरकार परिस्थितिको उपज हो : उपप्रधानमन्त्री सिंह

सर्लाही । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाली काँग्रेस र नेकपा (एमाले) गठबन्धनको सरकार परिस्थितिको उपज भएको बताएका छन् ।
सोमबार सर्लाहीको हरिपुरमा नेपाली काँग्रेस सम्बद्ध नेपाल मुस्लिम संघ मधेस प्रदेश समितिको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उपप्रधान तथा सहरी विकास मन्त्री सिंहले देशमा जब राष्ट्रिय संकट पर्छ तब काँग्रेसले नेतृत्व लिएको उल्लेख गर्दै यस पटक देशको संकट समाधान गर्न एमालेसँग गठबन्धन गर्नुपरेको बताए ।
मन्त्री सिंहले मुस्लिम समुदायका महिलालाई शैक्षिक अधिकारमा प्राथमिकता दिन आग्रह गरे । नेपाल मुस्लिम संघले समयमै अधिवेशन गरेर काँग्रेस सम्बद्ध दलहरूको समयमै अधिवेशन हुँदैन भन्ने भ्रम चिरेकामा उनले प्रशंसा गरे ।
संविधानलाई संस्थागत गर्न आवश्यक कानुन निर्माण गरेर तीनै तहका सरकारलाई अझ मजबुत बनाउन आवश्यक रहेको उनको भनाइ थियो ।










मुलुक निर्वाचनमा होमिइसक्याे : मन्त्री खरेल
राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष श्रेष्ठ र सदस्य हाडाले लिए शपथ
माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार बढी रुख काटियो
एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने सरकारकाे निर्णय
एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’ आयोजना हुने
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
एनपीएल च्याम्पियन लुम्बिनी लायन्सलाई प्रधानमन्त्रीकाे बधाई
उत्कृष्ट खेलाडी बन्दै रोहित पौडेलले जिते कार
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
प्रतिक्रिया