शुक्रबार, फागुन २९, २०८२

वर्तमान सरकार परिस्थितिको उपज हो : उपप्रधानमन्त्री सिंह

मेरोन्यूज २०८१ फागुन १२ गते १९:४२

सर्लाही । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाली काँग्रेस र नेकपा (एमाले) गठबन्धनको सरकार परिस्थितिको उपज भएको बताएका छन् । 

Advertisement
nepal life insurencenepal life insurence

सोमबार सर्लाहीको हरिपुरमा नेपाली काँग्रेस सम्बद्ध नेपाल मुस्लिम संघ मधेस प्रदेश समितिको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उपप्रधान तथा सहरी विकास मन्त्री सिंहले देशमा जब राष्ट्रिय संकट पर्छ तब काँग्रेसले नेतृत्व लिएको उल्लेख गर्दै यस पटक देशको संकट समाधान गर्न एमालेसँग गठबन्धन गर्नुपरेको बताए ।

मन्त्री सिंहले मुस्लिम समुदायका महिलालाई शैक्षिक अधिकारमा प्राथमिकता दिन आग्रह गरे । नेपाल मुस्लिम संघले समयमै अधिवेशन गरेर काँग्रेस सम्बद्ध दलहरूको समयमै अधिवेशन हुँदैन भन्ने भ्रम चिरेकामा उनले प्रशंसा गरे । 

संविधानलाई संस्थागत गर्न आवश्यक कानुन निर्माण गरेर तीनै तहका सरकारलाई अझ मजबुत बनाउन आवश्यक रहेको उनको भनाइ थियो । 

प्रतिक्रिया