रौतहटमा १६ जना फरार अभियुक्त पक्राउ

रौतहट। जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका निकायले १६ जना फरार प्रतिवादी पक्राउ गरेको छ ।
फैसला कार्यान्वयन अन्तर्गत अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएकोमा लामो समयदेखि फरार रहेका विभिन्न मुद्दाका १६ जना फरार प्रतिवादी लाई प्रहरीले पक्राउ गरेको हो।
जसमा जालसाजी, कुटपिट, चेक अनादर र गाली बेइज्जती, हात हतियार, वन, सम्बन्धविच्छेद लगायतका मुद्दाका व्यक्ति छन्।
दोषी ठहर भई दण्ड सजाय तोकिएर फरार रहेका शेख रोस्तम, जैबुन खातुन, सहनाज खातुन, बच्चा यादव, लक्षमीदेवी यादव, जानकी देवी विनिन, अनिलकुमार मिश्र, मोहम्मद जदाम पक्राउ परेका छन्।
त्यसैगरी, अन्य पक्राउ पर्नेहरुमा शिला देवी, सबनमकुमारी साह, लक्षमी यादव, नितेश यादव, मुकेश यादव, सिकेन्द्र दास, गर्भलाल प्रधा र राम एकवाल चौधरी रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपककुमार रायले न्युज कारखानालाई बताए।
पक्राउ सबै प्रतिवादीहरूलाई आवश्यक कारबाहीको लागि रौतहट जिल्ला अदालतमा पठाइएको प्रहरीको सूचनामा उल्लेख गरिएको छ।
जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा प्रहरीले फरार प्रतिवादी पक्राउ र तस्करी नियन्त्रण गर्न अभियान सञ्चालन गरेका छन्।
















इरान युद्धमा सहयोगका लागि नाटोलाई दबाब दिँदै ट्रम्प
अनरको ‘म्याजिक एट सिरिज’ सार्वजनिक, कति पर्छ मूल्य ?
जुम्लाबाट एक वर्षमा तीन करोड बढी मूल्यको मार्सी चामल बिक्री
चार जिल्लामा भारी वर्षा
नयाँ वर्ष २०८३ को अवसरमा केयी नेपालको देशभर एक्स्चेन्ज क्याम्प
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त
प्रतिक्रिया