भद्रपुर झापा गोल्डकपः भुटानको डागा युनाइटेड सेमिफाइनलमा प्रवेश

भद्रपुर (झापा), भुटानको डागा युनाइटेड एफसी दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । योसँगै गोल्डकपमा सेमिफाइनलकाे समीकरण पूरा भएको हो । मेची रङ्गशालामा सोमबार भएको चौथो तथा अन्तिम क्वाटरफाइनलमा विभागीय टोली एपिएफलाई ३–२ गोल अन्तरले पराजित गर्दै डागा युनाइटेडले अन्तिम चारमा स्थान बनाएको हो ।
डागा युनाइटेडले फाइनल प्रवेशका लागि झापा–११ सँग खेल्नेछ । डागा युनाइटेडका लागि खेलको ३४औँ मिनटमा लाक्पा पाख्रिनले गोल गर्दै अग्रता दिलाएका हुन् । खेलको ३६औँ मिनटमा सोही टोलीका हेमराज भुजेलले ३६औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए । दबाबमा रहेको एपिएफ पहिलो हापमा २–० ले पछि परेको थियो ।
खेलको ५९औँ मिनटमा एपिएफका दिपेश धिमालले एक गोल फर्काउँदै टोलीलाई २–१ को स्थितिमा पु¥याएका थिए । खेलको ६३ औँ मिनटमा दागा युनाइटेडका भुजेलले दोस्रो गोल गर्दै ३–१ को अग्रता बनाएका हुन् । खेलको इञ्जुरी समयमा पाएको पेनाल्टी सदुपयोग गर्दै एपिएफका सुमन श्रेष्ठले गोल गर्दै टोलीलाई ३–२ को स्थितिमा पु¥याएका थिए ।
दोस्रो हाफमा केही अवसर सिर्जना गरे पनि गोलमा परिणत गर्न नसकेपछि जारी गोल्डकपबाट विभागीय टोली बाहिरिएको छ । मङ्गलबार पहिलो सेमिफाइनलका खेल आयोजक भद्रपुर ब्लेजर्स र बङ्गलादेशको काउर्न बाजार प्रगति सङ्घबीच हुनेछ । प्रतियोगिताको विजेता टोलीले नगद रु १३ लाख र उपविजेता टोलीले नगद रु सात लाख प्राप्त गर्नेछन् ।
















चितवनका सातवटै पालिकामा बाख्रालाई ‘पीपीआर’ खोप लगाइँदै
सूर्यविनायक–धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति
आज विश्व जल तथा मौसम दिवस मनाइँदै
पश्चिमी र स्थानीय वायुको प्रभाव : कस्तो रहला आजको मौसम ?
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
प्रतिक्रिया