अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेल बर्षाले रद्ध

काठमाडौँ । जारी आसिसी च्याम्पियन्स ट्रफी अन्तर्गत आज अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेल बर्षाले रद्ध भएको छ ।
पाकिस्तानको रावलपिन्डी क्रिकेट स्टेडियममा नेपाली समय अनुसार अपराहन्न २: ४५ बजेदेखि शुरु हुनुपर्ने समुह बी अन्तर्गतको यो खेल लगातारको बर्षापछि रद्ध शुरुनै नभएर रद्ध भएको छ ।
खेल रद्ध भएपछि अस्ट्रेलिया र दक्षिण अफ्रिकाले एक एक अंक बाँडेका छन् । यसपछि समुह बी मा दक्षिण अफ्रीका २ खेलमा ३ अंकसहित शिर्ष स्थानमा रहेको छ भने अस्ट्रेलियापनि २ खेलमा समान ३ अंकसहित रनरेटको आधारमा दोस्रो स्थानमा रहेको छ ।
यस समुहमा रहेका इङल्याण्ड र अफगानिस्तानले आफ्नो पहिलो खेलमा हार बेहोरेर अंकविहिन रहेका छन् । अब च्याम्पियन्स ट्रफी अन्तर्गत बुधबार इङल्याण्ड र अफगानिस्तानबीच खेल हुदै छ । यो खेल पाकिस्तानको लाहोरमा हुने छ ।
च्याम्पियन्स ट्रफी अन्तर्गत समुह ए बाट भने भारत र न्यूजील्याण्ड सेमिफाइनलमा पुगिसकेका छन् । त्यस्तै बंगलादेश र पाकिस्तान भने आफ्ना २-२ खेलमा हार बेहोरेर बाहिरिएका छन् ।


















बाइक–स्कुटर साटेर टियागो ईभी चढ्ने मौका : टाटा मोटर्सको ‘स्वीच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प
ललितपुर महानगरलाई ११ थान ‘फोटोन टिएम १’ हस्तान्तरण, फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
लक्ष्मी सनराइज क्यापिटलको नयाँ म्युचुअल फन्डलाई धितोपत्र बोर्डको स्वीकृति
नयाँ वर्षको अवसरमा इनड्राइभको ‘राइड मोर, विन मोर’ क्याम्पेन
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
आफूविरुद्ध दुष्प्रचार गरिएको भन्दै खुस्बु ओलीले दिइन साइबर ब्युरोमा उजुरी
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
प्रतिक्रिया