भैरहवामा पैगामे हक कान्फ्रेन्स हुदै, १४ छात्राको दीक्षान्त हुने

भैरहवा । रुपन्देहीको ओमसतिया गाउँपालिका–४, बालापुरमा रहेको दारुल उलूम कादरिया अहले सुन्नत शमसुल उलूमले ८ औं दीक्षान्त कार्यक्रम बिहीबार गर्दैछ । भैरहवाको डाडागाउँस्थित युनिक बैंक्वेटमा छात्राहरु्रको जश्ने रिदाए फजीलत (दीक्षन्त) कै अवसर पारेर धार्मिक सम्मेलन (पैगामे हक कान्फ्रेन्स) गर्न लागिएको हो ।
२०६६ सालमा स्थापित मदरसामा करिब ४ सय विद्यार्थीहरु अध्ययनरत रहेका छन । कक्षा १२ सम्म अध्यापन हुने मदरसामा यस वर्ष अध्ययन पुरा गरेकी १४ जना छात्राको दीक्षान्त गर्न लागिएको मदरसाका अध्यक्ष मुख्तार अहमदले जानकारी दिए । विहान ९ बजेबाट छात्राहरुको दीक्षान्त कार्यक्रम गरिने छ भने साझ देखि मध्यरात सम्म धार्मिक प्रवचन गरिने उनले भने ।
दीक्षान्त कार्यक्रम चन्द्रौटा मदरसाकी गुरु सविना सिद्दीका अम्जदीको समुपस्थितीमा हुनेछ भने साझको प्रवचनमा प्रमुख वक्ताको रुपमा भारतको पूर्णिमा विहारका धर्मगुरु मुफती डाक्टर शहरेयार रजा कादरीले सहित विभिन्न तह र अतिथी वल्माहरुबाट प्रवचन हुनेछ ।
सम्मेलनमा शायरे इस्लाम सरफराज नुरी, ओल्माएकराम, एजाज तशरीफ लगायतको उपस्थित रहने उनले बताए । अध्यक्ष मुक्तारले सम्मेलनमा सहभागी हुनेको जीवनमा राम्रो प्रभाव पर्ने विश्वास व्यक्त गरेका छन् ।
कार्यक्रममा धार्मिक शिक्षामा योगदान पु¥याएका विद्वान्हरूलाई सम्मान गर्ने र धार्मिक ज्ञानको प्रचारप्रसार गर्दै युवाहरूलाई सही मार्गनिर्देशन दिनु रहेको छ । नेपाल सरकारले हाललाई कक्षा ८ सम्मको मात्र स्वीकृति दिए पनि यस मदरसामा कक्षा १ देखि १२ सम्मको अध्ययन भइरहेको छ ।
आयोजकका अनुसार कार्यक्रममा करिब ३ हजारभन्दा बढी सहभागी हुने अनुमान गरिएको छ । कार्यक्रममा सबै इस्लाम धर्मावलम्बी दाजुभाइ तथा दिदीबहिनीहरूलाई उपस्थित भई धार्मिक पुण्य (सवाबे दारैन) प्राप्त गर्न आग्रह गरिएको छ ।














यस्तो छ आज तरकारीको थोक मूल्य
बालेनको हतारो :नियुक्त नहुँदै बनाए ‘प्रधानमन्त्री’को इमेल !
आजको मौसम पूर्वानुमान : लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा वर्षाको सम्भावना
इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
भोलिदेखि ग्यास आधा सिलिन्डर मात्रै पाइने
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
प्रतिक्रिया