लकडाउनको पहिलो दिन : काठमाडौंमा १ हजार ८४ सवारीसाधन कारबाहीमा

काठमाडौं । निषेधाज्ञाको पहिलो दिन काठमाडौंमा १ हजार ८४ वटा सवारी साधन कारबाहीमा परेका छन् । नयाँ भेरियन्टको कोरोना रोकथामका लागि जारी गरिएको निषेधाज्ञाको नियम उलंघन गर्ने १ हजार ८४ सवारी साधन कारबाहीमा परेका हुन् ।
४ सय ९ वटा चार पाङग्रे र ६ सय ७५ वटा दुई पाङग्रे गरी १ हजार ८४ वटा सवारी साधनहरुलाई होल्डमा राखिएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी श्याम ज्ञवालीले बताए । मेरोन्यूजसँग ज्ञवालीले भने ‘काठमाडौं जिल्ला भित्र मात्रै ४ सय ५ जना व्यक्ति, गाडी ४ सय ९ वटा र ६ सय ७५ वटा मोटरसाईकल र स्कुटरलाई होल्डमा राखेका छौं ।’
काठमाडौं जिल्लामा मात्रै एक दिनमा २७ सय जना सुरक्षाकर्मीहरु खटाईएको एसएसपी ज्ञवालीले बताए । उनले भने,‘हामिले तिन सिफ्ट गरेर प्रहरी परिचालन गरेका छौं, प्रत्यक सिफ्टमा ९ सय जना गरी एक दिनमा २७ सय जना सुरक्षाकर्मीहरु खटाएका छौं ।’ नयाँ भेरियन्टको कोरोना तिव्ररुपमा वृद्धिभएसँगै उपत्यकामा २ हप्ताको लागि निषेधाज्ञा जारी गरिएको छ ।











क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
प्रतिक्रिया