कोरोना संक्रमित बढ्दा अस्पतालमा साधन स्रोतको अभाव हुँदै

कैलाली । कोरोना संक्रमित बिरामी बढ्दै गएपछि सुदूरपश्चिम प्रदेशका सेती प्रादेशिक अस्पताल धनगढी र महाकाली अस्पताल महेन्द्रनगरमा शय्या र दक्ष जनशक्तिलगायत स्रोत साधनको अभाव देखिन थालेको छ । महाकाली अस्पतालमा शङ्कास्पदको नमूना परीक्षण गर्न आवश्यक पर्ने कीटको अभावसमेत देखिएको छ ।
कीट अभाव हुँदा कन्ट्याक्ट ट्रेसिङ र एन्टिजेन परीक्षणको काम गर्न समस्या भइरहेको प्रमुख जिल्ला अधिकारी राजकुमार महतोले बताए । ‘‘५० शय्याको महाकाली अस्पताल र १०० शय्याको अर्को एक अस्पताल संक्रमित बिरामीले भरिएका छन्’’, उनले भने, ‘‘महाकाली अस्पतालमा नमूना परीक्षण गर्ने पिसिआर मेसिन अपर्याप्त भएको र अवश्यक जनशक्तिसमेत नहुँदा समस्या भइरहेको छ ।’’ सो अस्पतालमा एउटा पिसिआर मेसिन सञ्चालनमा छन् । प्रदेशको रेफरल अस्पतालका रुपमा रहेको सेती प्रादेशिक अस्पताल धनगढीका आकस्मिक बाहेकका सबै सेवा आजबाट बन्द गरिएको छ ।
अस्पतालमा कोभिड–१९ का बिरामीका लागि व्यवस्था गरिएका ५५ शय्या मध्ये ५२ शय्या संक्रमित बिरामीले भरिएका छन् । कोरोना संक्रमितको नमूना परीक्षण गर्ने यो अस्पातालका दुई पिसिआर मेसिनमध्ये एक मेसिन मात्र सञ्चालन छन् । अहिलेकै अवस्थामा कोरोनाको संक्रमण दर बढ्दै जाँदा अस्पतालमा शय्या, जनशक्ति र अक्सिजनको अभाव हुने सम्भावना रहेको अस्पतालका सूचना अधिकारी दीलिपकुमार श्रेष्ठले बताए । उनले भने, ‘‘अक्सिजन, शय्या र जनशक्ति अभाव हुन नदिन निरन्तर पहल गरिरहेका छौं ।’’
अस्पतालमा कोरोना सङ्क्रमितमध्ये आठ जनालाई सघन उपचार कक्षमा र तीन जनालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ भने २३ जनालाई अक्सिजन दिएर तथा बाँकीलाई मोड्रेटमा राखेर उपचार भइरहेको बताइएको छ । कोरोना भाइरसको संक्रमण रोकथामका लागि सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा आज विहान ६ः०० बजेवाट राति १२ः०० बजेसम्म निषेधाज्ञा लागू गरिएको छ । कोरोनाको संक्रमण दर गुणात्मक रुपमा बढेपछि यसको ‘चेन ब्रेक’ गर्न निषेधाज्ञा लागू गरिएको हो ।
निषेधाज्ञाको समयमा अत्यावश्यक सेवा भने सुचारु हुने जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए । स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार दुई दिनमा मात्रै शङ्कास्पद एक हजार ५४ जनाको नमूना परीक्षण गर्दा ५७२ मा कोरोना भाइरस संक्रमण देखिएको छ । पछिल्लो हप्तामा कारोनाका जटिल अवस्थाका बिरामी ह्वात्तै बढ्दा बिरामीको उपचार व्यवस्थापन गर्न गराउन अन्योल थपिएको छ । सुदूरपश्चिममा सक्रिय संक्रमित बिरामीको सङ्ख्या एक हजार १७६ पुगेका छन् । तीमध्ये सबैभन्दा बढी कैलालीका ६४६ जना रहेका छन् ।
सीमानाका हुँदै भित्रिनेमा ज्वरो भए नभएको जाँच गरी शङ्कास्पद देखिने व्यक्तिको मात्र एन्टिजेन परीक्षण गर्ने गरिएकोमा पछिल्ला दिनमा सबै व्यक्तिको परीक्षण गर्ने गरिएको छ । भारतमा पछिल्ला हप्तामा कोरोना भाइरसको संक्रमण र मृत्यु दर बढ्दै गएसँगै सुदूरपश्चिम प्रदेशमा पनि यो रोगको संक्रमण दर पछिल्ला दिनमा उकालो लागेको छ । भारतवाट फर्किनेहरुवाट नै समुदायमा यो रोगको संक्रमण बढी देखिएको बताइएको छ । कैलालीलाई यो प्रदेशकै कोरोना भाइरस संक्रमणको उच्च जोखिम जिल्लाका रुपमा लिइएको छ । रासस
















टर्कीको तटमा डुङ्गा डुब्दा १८ जनाको मृत्यु
एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई
नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयर दोस्रो बजारमा कारोबार सुरु
चट्याङका कारण एक दशकमा हजार जनाभन्दा बढीको ज्यान गयो
फोटोन मोटर्स नेपालको इटहरीमा शोरुम उद्घाटन
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
प्रतिक्रिया