बेनी अस्पतालले शुरु गर्यो ‘हेलो डाक्टर’ सेवा

बेनी । बेनी अस्पतालले स्वास्थ्य मन्त्रालयको निर्णय र निर्देशनअनुसार बुधबारदेखि बहिरंग सेवा बन्द भएपछि ‘हेलो डाक्टर’ सेवा शुरु गरेको छ । तीव्ररूपमा फैलिएको दोस्रो लहरको कोरोना भाइरस नियन्त्रण गर्न र थप बढ्न नदिनका लागि अस्पतालले सिकिस्तबाहेकका बिरामीलाई अस्पताल नआउन अनुरोध गर्दै मोबाइलबाटै चिकित्सकले परामर्श दिने सेवा शुरु गरेको हो ।
अस्पतालका नौ चिकित्सक, आकस्मिक, भर्ना कक्ष र व्यवस्थापन समितिका अध्यक्षको मोबाइलमा सम्पर्क गरेर बिरामी अथवा आफन्तले फोन गरेर चिकित्सकबाट परामर्श लिन पाउने व्यवस्था मिलाएको अस्पतालले जनाएको छ । अस्पतालले नियमित औषधि सेवा गर्ने बीमा गरेका सेवाग्राहीका लागि समेत अस्पतालको सेवा लिनका लागि समय तालिका बनाएर सार्वजनिक गरेको छ ।
बेनपाका वडा नं ७ र १ का बासिन्दाका लागि आइतबार, बेनपा–२, मालिका र मङ्गला गाउँपालिकालाई सोमबार, जलजला गाउँपालिका, बेनपा–४ र १० लाई मङ्गलबार, बेनपा–८ र ९ लाई बुधबार, बेनपा–४, ६ र धवलागिरि गाउँपालिकालाई बिहीबार तथा रगुगङ्गा, अन्नपूर्ण गाउँपालिका र बेनपा–५ लाई शुक्रबारको समय तालिका बनाइएको छ ।
अस्पतालमा भीडभाडका कारण कोरोना सङ्क्रमण फैलने जोखिम बढेकाले आकस्मिक र प्रसूतिबाहेकका सेवा बन्द गरेको छ । केही दिनयता म्याग्दीमा लक्षणसहितका कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दो छ । बुधबार म्याग्दीका १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । रासस

















गृहमन्त्री अर्यालद्वारा मतदानस्थल र प्रहरी मुख्यालयकाे निर्वाचन व्यवस्थापन केन्द्र निरीक्षण
६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
मध्यपूर्वी द्वन्द्व चर्किँदै, सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सर्न आग्रह
राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीले गराइन् निर्वाचनबारे जानकारी
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
युएईमा फ्रान्सेली सेना रहेको बेसमा इरानकाे आक्रमण
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह
प्रतिक्रिया