बूढीगण्डकी बगरमा पतेरा टिप्नेको भीड, किलोको तीन हजार

गोरखा। जिल्लाको उत्तरी क्षेत्रको चुमनुव्री गाउँपालिका–३ स्थित सिर्दिबासको बगरमा पतेरा (किरा) टिप्नेहरूको भीड लागेको छ। आज बिहानदेखि गाउँमा एकाएक पतेरा आएपछि बूढीगण्डकी नदीको बगरमा यो टिप्नेको भीड लागेको स्थानीय कुमारी गुरुङले जानकारी दिइन्।
‘सिर्दिबास र फिलिम जोड्ने पुलमूनि आज बिहानदेखि पतेरा देखापरे, त्यसपछि गाउँलेहरू एकाएक टिप्न गए,’ उनले भनिन्, ‘बगरमा पतेरा किनबेचसमेत हुन थालेको छ। बिहान प्रतिकिलो रु दुई हजारमा किनबेच भएकामा दिउँसो प्रतिकिलो तीन हजारमा कारोबार भयो।’
उक्त पतेरा कसले, कहाँ र के प्रयोजनका लागि लैजान लागेको हो भन्नेबारे केही थाहा नभएको स्थानीय बताउँछन्।
उनका अनुसार एक जनाले दुईदेखि तीन केजीसम्म पतेरा टिपेका छन्। सो वडाका वडाअध्यक्ष रामकुमार गुरुङले पनि गाउँको बगरमा एकाएक पतेरा आएपछि गाउँलेहरू टिप्न गएको बताउँछन्।
‘यसरी मान्छेहरू गएका छन् भन्ने कुरा दिउँसो मात्र थाहा पाएँ तर किन र कहाँ लैजाने भन्नेबारे पत्ता लगाउन सकेको छैन’, उनले भने। टिप्न जानेहरूले तरकारी हुन्छ रे भनेर सुनाएको उनको भनाइ छ।
यस विषयमा मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)मा समेत जानकारी गराइएको उनको भनाइ छ। यसक्षेत्रमा ठूलो सङ्ख्यामा पतेरा आएको पहिलो पटक भएको वडाअध्यक्ष गुरुङ बताउँछन्।
‘पहिला गाउँमा खुसार्नीका बोटमा एक–दुई वटा पतेरा लागेको थाहा थियो, अहिले बूढीगण्डकीको किनारभरि पतेरा छ। कहाँबाट आयो थाहा भएन’ उनले भने।










‘पिकअपभ्यान’सहित १७६ किलो गाँजा बरामद
भिरबाट लडेर एक वृद्धाको मृत्यु
एमाले महाधिवेशनः मतदान सुरु
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
‘नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ’
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
प्रतिक्रिया