नेपाल बारको अध्यक्षमा आरपीएलएएनबाट रमणकुमार श्रेष्ठ उम्मेदवार

काठमाडौं । गणतान्त्रिक प्रगतिशील कानुन व्यवसायी संगठन नेपाल (आरपीएलएएन) ले नेपाल बार एशोसिएशनको आसन्न निर्वाचनमा वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ । शुक्रबार बसेको आरपीएलएएनको बैठकले वरिष्ठ अधिवक्ता श्रेष्ठलाई उम्मेदवार घोषणा गरेको हो । वरिष्ठ अधिवक्ता श्रेष्ठ नेपाल बार एशोसिएशनका पूर्व महासचिव र पूर्व महान्यायाधिवक्तासमेत हुन् ।
त्यसैगरी, उपाध्यक्षमा प्रदेश नं. १ बाट अधिवक्ता दर्शनबहादुर राई (दर्शन कर्ण), मधेश प्रदेशबाट अधिवक्ता मन्सुर मिया, कर्णालीबाट वरिष्ठ अधिवक्ता बिद्याभूषण मानन्धर, बागमतीबाट अधिवक्ता गुणराज घिमिरे, अधिवक्ता कृष्ण ढुंगाना, वरिष्ठ अधिवक्ता भीमबहादुर गुरुङ, गण्डकी प्रदेशबाट केशव प्रसाद पराजुली, सुदुरपश्चिमबाट अधिवक्ता निरन्जन विष्ट,अधिवक्ता यज्ञराज जोशीले दाबी गरेका छन् ।
त्यसैगरी केन्द्रीय सदस्यमा अधिवक्ता गोपी भण्डारी, अधिवक्ता उमेश प्रसाद साह, अधिवक्ता मन कुमार राइ, अधिवक्ता राधेश्याम चौधरी, अधिवक्ता सुलोचना बज्रचार्य, अधिवक्ता बिकास त्वजु, अधिवक्ता बिरेन्द्र खडका, अधिवक्ता भविश्वर पौडेल र अधिवक्ता प्रेमबहादुर थोकरले दाबी गरेका छन् ।
नेपाल बारको नयाँ नेतृत्व चयनका लागि आगामी चैत २३ गते निर्वाचन हुँदैछ । आरपीएलएएनले चुनावमा वामपन्थीहरुसँग सहकार्यको ढोका भने खुला रहेको बताएको छ ।
















होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया