दोस्रो वीरगञ्ज गोल्डकपको उद्घाटन खेलमा वीरगञ्ज युनाइटेडको विजयी सुरुआत

वीरगञ्ज, (पर्सा) । दोस्रो वीरगञ्ज गोल्डकप २०८१ को उद्घाटन खेलमा आयोजक वीरगञ्ज युनाइटेड क्लबले विजयी सुरुआत गरेको छ । वीरगञ्जको आदर्शनगर रङ्गशालामा आज भएको उद्घाटन खेलमा आयोजक युनाइटेड वीरगञ्जले पहुना टोली गरवाल डाइमन्ड फुटबल क्लब दिल्लीलाई एक–शून्य गोल अन्तरले पराजित गर्दै सेमिफाइनको यात्रा तय गरेको हो ।
खेलको दोस्रो हाफको सुरुआती चरणमा डाइमन्ड फुटबल क्लबका खेलाडी सन्दीप रानाले बल ‘क्लियर’ गर्ने क्रममा सो बल आत्मघाती गोल हुँदै वीरगञ्ज युनाइटेड विजयी भएको हो । खेलको पहिलो हाफमा वीरगञ्ज युनाइटेडले ‘पेनाल्टी सुट आउट’को अवसर पाएको थियो तर कप्तान शिषस थापाले त्यो अवसरलाई गोलमा परिणत गन सकेनन् ।
आइतबार खेल भने सङ्कटा फुटबल क्लब र सहलेश फुटबल क्लब सिरहाबीच हुँदैछ । यसअघि गोल्डकपको उद्घाटन गर्दै वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंहले प्रतियोगिताले स्थानीय तथा राष्ट्रियस्तरका खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्राप्त हुने बताउनुभयो । “यस प्रतियोगिताले फुटबलको सीप, कला सिक्ने र खेलमै आफ्नो करियर बनाउनका लागि ठूलो सहयोग पु¥याउने विश्वास लिएको छु”, उहाँले भन्नुभयो, “प्रतियोगिताले खेलकुदको विकास मात्रै नभई समग्रमा यहाँको अर्थतन्त्र, पर्यटन र सामाजिक जीवनमा पनि सकारात्मक प्रभाव पर्ने अपेक्षा छ ।”
क्लबका महासचिव पङ्कज श्रेष्ठले वीरगञ्जमा फुटबल खेलको संस्कृति प्रवर्द्धनका लागि प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । प्रतियोगिता संयोजक सुबोधकुमार श्रीवास्तवले प्रतियोगिताले ओझेलमा परेका खेलाडीलाई नयाँ ‘प्लेटफर्म’ प्रदान गर्ने बताउनुभयो । आजदेखि सुरु भएको प्रतियोगिता आगामी फागुन २४ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा सङ्कटा फुटबल क्लब, मच्छिन्द्र फुटबल क्लब, बागमती युथ क्लब सर्लाही, नेपाल पुलिस क्लब, गरवाल डाइमन्ड फुटबल क्लब दिल्ली, एपिआई चर्च ब्वाइज युनाइटेड, काठमाडौँ, सलहेश फुटबल क्लब सिरहा र आयोजक वीरगञ्ज युनाइटेड क्लब सहभागी छन् ।
प्रतियोगिताको विजेता टोलीलाई नगद रु ११ लाख ११ हजार १११ र उपविजेता हुने टोलीलाई रु पाँच लाख ५५ हजार ५५५ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने गरिनेछ । प्रतियोगिताको सर्वाेकृष्ट खेलाडीलाई स्कुटर, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट प्रशिक्षकलाई जनही रु २० हजार नगद पुरस्कार प्रदान गरिनेछ । यस्तै, प्रत्येक खेलको ‘म्यान अफ दी म्याच’ घोषित हुने खेलाडीले नगद रु १० हजार प्राप्त गर्नेछन् ।









काठमाडौँले चितवनलाई दियाे १४३ रनको लक्ष्य
नबिल बैंक र नेपाल इन बिजनेसबीच एसएमई कर्जा प्रदानबारे सम्झौता
चितवनमा भूमिगत विद्युतीकरणको काम ८० प्रतिशत सम्पन्न
सप्तकोशी सिमेन्टले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने, बिक्रि प्रवन्धकमा सिद्धार्थ क्यापिटल
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण शुल्क बढाएकाेमा एशोसियसनको आपत्ति
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
दाहसंस्कारका लागि ल्याइएकी महिला कफिनभित्र जीवित भेटिएपछि…
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध मुस्लिम महिलाको गम्भीर आपत्ति : विरोधमा कार्यक्रम गर्दै
महाकालीमा डुबेर एक युवक बेपत्ता, खोजीकार्य जारी
प्रतिक्रिया