स्पेनिस ला लिगा : एट्लेटिको म्याड्रिड तालिकाको शीर्ष स्थानमा

काठमाडौं । एट्लेटिको म्याड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ। शीर्ष स्थानमा उक्लने क्रममा एट्लेटिको म्याड्रिडले शनिबार राति एथलेटिक क्लबलाई १-० ले हराएको हो।
पहिलो हाफ गोल रहित बराबरी खेलेको म्याड्रिडलाई जित दिलाउने क्रममा जुलियन अल्भारेजले सिजनको व्यक्तिगत १० औँ गोल गरे। उनले खेलको ६६ औँ मिनेटमा मार्कोस लोरेन्टेले उपलब्ध गराएको बललाई शानदार ढङ्गले गोलमा परिणत गरेका थिए।एट्लेटिको जित सहित शीर्ष स्थानमा उक्लनु केही समय अघि रियल म्याड्रिडले हारको सामना गरेको थियो। स्पेनिस ला लिगाका अन्य खेलमा गिरोना र सेल्टा भिगो बिच २-२ गोलको बराबरी भयो भने रायो भल्कानो र सेभियालेसमेत १-१ को बराबरी खेले।
शीर्ष स्थानको एट्लेटिकोको ५६ अंक छ। बार्सिलोना र रियल म्याड्रिडको ५४ अंक छ। बार्सिलोनाले एक खेल कम खेलेको छ। एथलेटिक क्लब भने ४८ अंकसहित चौथो स्थानमा छ।









पूर्वसभामुख कृष्णबहादुर महरालाई २० लाख धरौटीमा छाड्न आदेश
टस जितेर जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै पोखरा
नेपालगञ्जमा अतिक्रमित घर टहरा हटाउन सुरु
एनपीएलमा सुदूरपश्चिमको लगातार चौथो जित
भ्रष्टाचारसम्बन्धी तीन मुद्दामा शेख हसिनालाई २१ वर्षको जेल सजाय
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
बलिउड अभिनेता धर्मेन्द्रको निधन
संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुखद्वा्रा ‘जेनेरेटिभ एआई’ ले ल्याउनसक्ने समस्याबारे चिन्ता व्यक्त
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
प्रतिक्रिया