च्याम्पियन्स ट्रफी: आज भारत र न्यूजील्याण्ड भिड्दै
मेरोन्यूज
२०८१ फागुन १८ गते ११:२३

काठमाडौँ । जारी च्याम्पियन्स ट्रफी अन्तर्गत आज समुह चरणको अन्तिम खेलमा भारत र न्यूजील्याण्ड खेल्दै छन् ।
युएईको दुबईस्थित दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न २: ४५ बजे देखि शुरु हुने छन् ।
भारत र न्यूजील्याण्ड समुह ए बाट सेमिफाइनलमा पुगिसकेको भएपनि यस खेलबाट समुह विजेता र उपविजेताको टुंगो लाग्ने छन् ।
दुवै देशले यस अघिका आफ्ना २-२ खेलमा जित हासिल गरेर समान ४-४ अंकसहित न्यूजील्याण्ड शिर्ष स्थानमा छ भने भारत रनरेटको आधारमा दोस्रो स्थानमा छ ।
भारत र न्यूजील्याण्डबीच एकदिवसीय क्रिकेटमा हेड टू हेडको कुरा गर्दै दुवै देश अहिलेसम्म ११८ खेल खेलेका छन् । जसमा भारतले ६० खेलमा जित हासिल गरेको छ भने न्यूजील्याण्डले ५० खेलमा जित हासिल गरेको छ । त्यसैगरी ७ खेलको कुनै नतिजा आएको थिएन भने एक खेल बराबरी भएको थियो ।
सम्बन्धित









हङकङकाे आवासिय भवनमा आगलागीमा परेर मर्नेको संख्या ४४ पुग्योः २७९ अझै बेपत्ता
जेनजी आन्दोलनका सहिदः ‘सहिद घोषणा मात्रै होइन, न्याय पनि चाहिन्छ’
तरकारी खेतीबाट वार्षिक १० लाख बचत
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
बलिउड अभिनेता धर्मेन्द्रको निधन
संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुखद्वा्रा ‘जेनेरेटिभ एआई’ ले ल्याउनसक्ने समस्याबारे चिन्ता व्यक्त
प्रतिक्रिया