फेरि कांग्रेस सभापतिमा उठ्ने प्रकाशमान सिंहको संकेत

काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफू फेरि पनि पार्टीको सभापति पदमा उठ्न सक्ने संकेत दिएका छन् ।
आइतबार सुर्खेतमा पत्रकारहरूसँग कुराकानी गर्दै उपप्रधान तथा सहरी विकास मन्त्रीसमेत रहेका सिंहले १५औं महाधिवेशनमा उठ्न सक्ने बताएका हुन् । १४औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिएकाले अब त्यसभन्दा तलको पदमा दाबी नगर्ने उनको भनाइ छ ।
‘महामन्त्री र उपसभापतिसम्म भएँ, संसदीय दलको उपनेता पनि भएँ। अब संसदीय दल नेता, प्रधानमन्त्री र सभापति हुन बाँकी छ,’ उनले भने । २०७८ मंसिरमा भएको १४औँ महाधिवेशनमा सभापतिको उम्मेदवार बनेका सिंहले ३७१ मत ल्याएका थिए ।
पहिलो चरणको मतदानबाट कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि पुनः मतदान गरिएको थियो। दोस्रो चरणको मतदानमा सिंहले अर्का उम्मेदवार शेरबहादुर देउवालाई समर्थन गरेका थिए। कांग्रेसमा सिंहको गुट त्यति प्रभावकारी मानिँदैन । तर पनि गणेशमान सिंहको विरासत बोकेकाले पनि उनलाई कांग्रेस नेता कार्यकर्ताले सम्मान दिँदै आएका छन् ।
कांग्रेसमा सिंहसहित शशांक कोइराला र विमलेन्द्र निधिलाई विरासत बोकेका नेता मानिन्छ । तीनैजनाले एक वर्षअघिदेखि १५औं महाधिवेशनलाई लक्षित गर्दै लञ्च मिटिङ गर्दै आएका छन् । तीनैजनाको सभापति पदमा उठ्ने चाहना देखिन्छ । तर निधिले अहिलेसम्म सार्वजनिक गरेका छैनन् । शशांक र सिंहले सभापतिमा उठ्ने चाहना सार्वजनिक गरिसकेका छन् ।









नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित
दुई थान पेस्तोलसहित एकजना पक्राउ
दुहबीको जुट मिलमा आगलागी
पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक सुरु
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
प्रतिक्रिया