विदेशबाट नेपाल आउने प्रक्रिया अध्यागमनले सहज बनायो

काठमाडौँ । अध्यागमन विभागले कोभिड–१९ महामारीको जोखिम न्यूनीकरणका लागि विदेशबाट स्वदेश आवागमन नियमनका लागि सहजीकरण गरेको जनाएको छ । विभागले नेपाल आगमन तथा प्रस्थान सहजीकरणसम्बन्धी सार्वजनिक सूचना जारी गर्दै नयाँ भेरियन्टको कोरानाको बढ्दो जोखिम न्यूनीकरण गर्ने उद्देश्यले विदेशबाट स्वदेश आवागमन नियमनका लागि मन्त्रिपरिषद्को यही वैशाख १३ गतेको निर्णय कार्यान्वयन गर्न सम्बन्धित सबैको जानकारीका लागि सूचना प्रकाशित गरिएको उल्लेख गरेको छ ।
यसअनुरुप नेपालसँग सिमाना जोडिएका छिमेकी मुलुकका नागरिक बाहेक अन्य देशका नागरिकले स्थलमार्गबाट नेपाल प्रवेश गर्न सक्ने छैनन् । स्थलमार्गबाट नेपाल आउनुपर्ने भारतीय नागरिकले यात्रा गर्नुअघि स्वाब सङ्कलन भएको ७२ घण्टाभित्रको कोभिड नेगेटिभ रिपोर्ट तथा १० दिन अनिवार्य रुपमा होटल क्वारेन्टिनमा बस्ने गरी होटल बुक गरेको प्रमाण पेश गरेको आधारमा स्थानीय प्रशासनको अनुमतिमा नेपाल प्रवेश गर्न सक्नेछन् ।
स्थलमार्गबाट नेपाल प्रवेश गर्ने चिनियाँ नागरिकको हकमा प्रवेशाज्ञा अतिरिक्त यात्रा स्वाब सङ्कलन भएको ७२ घण्टाभित्रको कोभिड नेगेटिभ रिपोर्ट तथा १० दिन अनिवार्य रुपमा होटल क्वारेन्टिनमा बस्ने गरी होटल बुक गरेको प्रमाण पेश गरेमा नेपाल प्रवेश गर्नसक्ने सूचनामा भनिएको छ ।
यस्तै हवाई मार्गबाट नेपाल प्रवेश गर्ने यात्रुले यात्रा शुरु गर्नुअघि स्वाब सङ्कलन भएको ७२ घण्टाभित्रको कोभिड नेगेटिभ रिपोर्ट तथा १० दिन अनिवार्य रुपमा होटल क्वारेन्टिनमा बस्नेगरी होटल बुक गरेको प्रमाण पेश गरेमा नेपाल प्रवेश गर्न सक्ने छन् भने हवाई मार्गबाट नेपाल प्रवेश गर्ने नेपाली नागरिकले यात्रा शुरु गर्नुअघि स्वाब सङ्कलन भएको ७२ घण्टाभित्रको कोभिड नेगेटिभ रिपोर्ट पेश गरेमा नेपाल प्रवेश गर्न सक्ने छन् र प्रवेश गरेपछि १० दिन अनिवार्य रुपमा होटल वा होम क्वारेन्टिनमा बस्नुपर्नेछ ।
विमानस्थलमा मात्र ट्रान्जिट हुने बाहेक विदेशी नागरिकलाई नेपालबाट तेस्रो मुलुकमा जान प्रस्थान अनुमति दिइने छैन । यसअघि स्वदेश प्रवेश गरिसकेका विदेशी नागरिकले हवाई वा स्थलमार्गबाट प्रस्थान गर्न चाहेमा प्रस्थान अनुमति दिइने विभागले जनाएको छ । रासस















जुम्लाको कुडारीमा आगलागी हुँदा एक जनाको मृत्यु
UML chair Oli undergoing health examinations at TUTH
ओली र लेखकलाई महाराजगञ्जस्थित प्रहरीको २ नम्बर गणमा राखिने
ओली पक्राउ परेपछि एमाले केन्द्रिय सचिवालय बैठक च्यासलमा जारी
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
आइसीसी महिला च्यालेन्ज ट्रफी खेल्ने प्रारम्भिक टोली घोषणा
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश
प्रतिक्रिया