शुक्रबार, फागुन २९, २०८२

एलईभी ०१ इलेक्ट्रिक एसयूभी नेपालमा सार्वजनिक, मूल्य कति ?

उर्मिला शर्मा २०८१ फागुन १९ गते २२:५१

काठमाडौं। एलईभी ०१ इलेक्ट्रिक एसयूभी कार नेपालमा सार्वजनिक भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

नेपालका लागि एलएस अटोको आधिकारिक वितरक नेक्सन भेन्चर प्रालिले सोमबार एक कार्यक्रमकाबीच गाडी सार्वजनिक गरेको हो ।

६७.१२ किलोवाट आवरको ब्याट्री प्याक भएको एलईभी ०१ मा ९९ किलोवाटको फ्रन्ट ह्विल ड्राइभ मोटर रहेको छ ।

यो मोटरले ३०० एनएमको टर्क उत्पन्न गर्छ ।

कम्पनीका अनुसार एलईभी ०१ मा नेपालको बाटो सुहाउँदो २१० एमएमको ग्राउण्ड क्लियरेन्स रहेको छ ।

यसको ब्याट्री प्याक र ग्राउण्डबीचको दूरी २२१ एमएम छ । एलईभी ०१ मा एसभोल्टको हनिकम्ब आर्किटेक्चरमा डिजाइन गरिएको लिथियम आइरन फस्फेट ब्याट्री प्याक जडान गरिएको छ ।

यो ईभीले एकपटकको फुल चार्जमा ५०० किलोमिटर सम्मको रेन्ज दिन्छ ।

डिजाइनका हिसाबले यस मोडेलमा होरिजेन्टल डीआरएल, भर्टिकल हेडलाइट सेटअप, सस्पेन्डेड टेललाइट, लेदरेट स्टेरिङ ह्वील, वायरलेस चार्जिङ प्याड, मल्टीकलर एम्बियन्ट लाइट, इलेक्ट्रिक एड्जस्टेबल फ्रन्ट सिट र लग्जरी केबिन स्पेसजस्ता विशेषताहरू समावेश छन्।

नेपालमा यो गाडी स्ट्यान्डर्ड र कम्फर्ट गरी दुई भेरियन्टमा भित्रिएको छ ।

नेक्सन भेन्चरले स्ट्यान्डर्ड एडिसनको मूल्य ६१ लाख ९५ हजार रुपैयाँ तथा कम्फर्ट एडिसनको मूल्य ६९ लाख ९५ हजार रुपैयाँ तोकेको छ।

कम्पनीका अनुसार एलएस अटोले सन् २०२५ मा थप दुई मोडेलहरू एलईभी ०३ र एलईभी ०५ लन्च गर्दैछ । यी कारहरू राइट ह्यान्ड ड्राइभ र लेफ्ट ह्यान्ड एसयूभी हो भने एलईभी ०५ मिडसाइज कम्प्याक्ट एसयूभी हो । ड्राइभ एलएचडी दुवै अप्सनमा बन्ने भएकाले छिट्टै नेपालमा समेत ल्याइने भएको छ ।

एलएस अटो विश्वको सबैभन्दा ठूलो डिजाइन हाउस संघाइ लन्च अटोमोटिभ टेक्नोलोजी अन्तर्गतको एलएस अटो एक नयाँ ऊर्जा सवारी साधन कम्पनी हो ।

विगत २५ वर्षदेखि विभिन्न ब्रान्डको अटोमोबाइलको डिजाइन, इन्जिनियरिङ, प्रोटोटाइप विकास तथा परीक्षण उत्पादन जस्ता सम्पूर्ण काम (टर्नकी प्रोजेक्ट) गर्दै आएको छ।

प्रतिक्रिया