च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा आज भारत र अस्ट्रेलिया भिड्दै

काठमाडौँ । जारी च्याम्पियन्स ट्रफी अन्तर्गत आज पहिलो सेमिफाइनल खेल हुदै छ । पहिलो सेमिफाइनलमा आज भारत र अस्ट्रेलिया खेल्दै छन् । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न २: ४५ बजेदेखि शुरु हुदै छ ।
भारत समुह ए को विजेताको रुपमा सेमिफाइनल खेल्दै छ भने अस्ट्रेलिया समुह बि को उपविजेताको रुपमा सेमिफाइनल खेल्न लागेको हो । प्रतियोगितामा दुवै अपराजित रहेका छन् ।
आइसीसी प्रतियोगितामा भारतमाथि अस्ट्रेलिया धेरै जसो हावी हुदै आएको छ । २०२३ मा भारत आफ्नै घरेलु मैदानमा एकदिवसीय विश्वकपको फाइनलमा अस्ट्रेलियासँग पराजित भएको थियो । अब यस सेमिफाइनलमा भारतका अगाडी अस्ट्रेलियासँग बदला लिने अवसर रहेको छ ।
भारत र अस्ट्रेलियाबीच एकदिवसीय क्रिकेटमा हेड टू हेडको कुरा गर्दा दुवैबीच अहिलेसम्म १५१ खेल भएका छन् । जसमा अस्ट्रेलियाले ८४ खेल जितेको छ भने भारतले ५७ खेल जितेको छ । त्यस्तै १० खेलको कुनै नतिजा आएको छैन ।
त्यस्तै दोस्रो सेमिफाइनल खेल न्यूजील्याण्ड र दक्षिण अफ्रिकाबीच बुधबार पाकिस्तानको लाहोरमा हुदै छ । आइसीसी च्याम्पियन्स ट्रफीको फाइनल खेल आगामी आइतबार हुने छ ।









कमला नगरपालिकाका तत्कालीन मेयर गोइतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
नेपालका व्यवसायलाई साथ दिइरहेका फोटोन गाडीहरू
सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति
रसुवागढीस्थित सुख्खा बन्दरगाहको सफाइ
चीनमा रेल दुर्घटना हुँदा ११ जनाको मृत्यु
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुखद्वा्रा ‘जेनेरेटिभ एआई’ ले ल्याउनसक्ने समस्याबारे चिन्ता व्यक्त
महाधिवेशन नेतृत्व चयनमा मात्र केन्द्रित हुन्छ : महासचिव पोखरेल
प्रतिक्रिया