विराट गोल्डकप सुरू : कोलकातालाई पराजित गर्दै मोरङको संघर्षपूर्ण जित

विराटनगर – विराटनगरस्थित शहीद मैदानमा जारी रात्रिकालीन विराट गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक मोरङले संघर्षपूर्ण जित निकालेको छ।
सोमबार बेलुका राति भएको खेलमा भारतको साउर्थन समिति फुटबल क्लब कोलकाता लाई ३-२ गोल अन्तरले पराजित गर्दै मोरङ अन्तिम आठमा प्रवेश गरेको हो।
खेलको ११औं मिनेटमा मोरङका अभिषेक गुरुङले गोल गर्दै टिमलाई अग्रता दिलाए।
तर, त्यसको चार मिनेटमै कोलकाताका सुदिप्त हाल्डेनले बराबरी गोल फर्काए। ३८औं मिनेटमा कोलकाताका अनिमेसले हेडमार्फत् गोल गर्दै टिमलाई २-१ को अग्रता दिलाए।
मोरङ पहिलो हाफमा पछि परे पनि अतिरिक्त १२ औं मिनेटमा दोर्जे तामाङले पेनाल्टीमार्फत गोल गर्दै खेललाई २-२ को बराबरीमा ल्याए।
खेल सकिन एक मिनेट बाँकी रहँदा मोरङका मौसम लिम्बूले निर्णायक गोल गर्दै टिमलाई जित दिलाए। उत्कृष्ट प्रदर्शन गरेपछि उनलाई प्लेयर अफ द म्याच घोषित गरियो।
विराट गोल्डकपमा विजेता टिमलाई नगद ११ लाख रुपैयाँ र ट्रफी दिइने छ भने उपविजेता टिमलाई नगद ५ लाख रुपैयाँ पुरस्कार रहेको छ।
मंगलबार हुने खेलमा सुभेदा दिल्ली फुटबल क्लब र सशस्त्र प्रहरी बलबीच प्रतिस्पर्धा हुने छ।
















सूर्यविनायक–धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति
आज विश्व जल तथा मौसम दिवस मनाइँदै
पश्चिमी र स्थानीय वायुको प्रभाव : कस्तो रहला आजको मौसम ?
नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
प्रतिक्रिया