गेटा मेडिकल कलेजमा कोरोना उपचार केन्द्र बनाइने

काठमाडाैं । नयाँ भेरियन्टकाे काेराेना संक्रमण तीव्र बन्दै गएपछि सरकारले धनगढीस्थित गेटा मेडिकल कलेजमा काेराेना उपचार केन्द्र स्थापना गर्ने भएकाे छ ।
उद्योग , वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टकाे पहलमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगाेपाल श्रेष्ठ र स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीसँगकाे छलफलबाट गेटा मेडिकल कलेजकाे भवनमा तत्काल कोरोना उपचार केन्द्र बनाउने निर्णय भएकाे हाे ।
संघीय सरकार मातहत संचालन हुने उक्त उपचार केन्द्र आगामी हप्ता नै कैलालीका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको जिल्ला कोभिड-१९ सकंट व्यवस्थापन केन्द्रको जिम्मा लगाइने छ। उहाँहरूबीच काेराेना संक्रमितकाे उपचारका लागि अक्सिजनकाे कुनै पनि अभाव हुन नदिनेतर्फ काम गर्ने विषयमा पनि छलफल भएकाे थियाे ।
भेटमा सुदूरपश्चिम प्रदेशमा आवश्यक स्वास्थ्य सामग्री र जनशक्ति तत्काल उपलब्ध गराउने विषयमा छलफल भएकाे मन्त्री भट्टका स्वकिय सचिव हितेष ओझाले जानकारी दिए ।












घरको छतबाट खसेर वृद्धाकाे मृत्यु
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
हाफ म्याराथनको उपाधि गुरुङलाई
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
निष्कासनपछि गगन थापाले भने– कांग्रेस कसैको निजी कम्पनी होइन
कांग्रेस विशेष महाधिवेशन : निर्वाचन कार्यतालिका संशोधन
प्रतिक्रिया