एमजीको एस फाइभ ईभी आज सार्वजनिक हुँदै
मेरोन्यूज
२०८१ फागुन २२ गते १२:२९

काठमाडौं । नयाँ इलेक्ट्रिक गाडी एमजी एस फाइभ ईभी नेपालमा आज सार्वजनिक हुँदैछ ।
एमजी गाडीको नेपालका लागि आधिकारिक विक्रेता पारामाउन्ट मोटर्सले एस फाइभ गाडी सार्वजनिक गर्न लागेको हो । पियोर इभी प्लेटफर्ममा बनाइएको यो गाडी रियर ब्हिल ड्राइभ भएको कम्पनीले बताएको छ ।
एमजीले यसअघि बिक्री गर्दै आएको जेडएस इभीको यो अपग्रेटेड भर्सनको गाडी हो।
कम्पनीका अनुसार यो गाडी सिटिएल ब्याट्रीबाट बनाइएको हो। ज्यादै पातलो र अहिलेको परिप्रेक्ष्यमा यो ब्याट्री निकै विश्वसनियता भएको कम्पनीको दाबी छ ।
एमजी एस फाइभ ईभी गाडीको परफेक्ट लुक्स, इन्टेलिजेन्स, भर्टीकल नभइकन होराइजेन्टल ब्याट्री फिट भएको छ । ९९ किलोवाटको यो गाडीमा ४९.१ र ६२.२ किलोवाटको ब्याट्री जडान गरिएको छ।
एसफाइभको लम्बाइ ४४ सय ७६ एमएम, चौडाइ १८ सय ४९ एमएम र उचाई १६ सय २१ एमएम रहेको छ।
सम्बन्धित











समानुपातिक बन्द सूची तयार पार्दै दलहरु
अब दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
यस्तो छ आजको विदशी मुद्राको विनिमयदर
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलकाे प्रतिवेदनले के-के सिफारिस गर्याे ?
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
प्रतिक्रिया