पाराएथलेटिक्स टोली भारत जाँदै

काठमाडौँ । विश्व पाराएथलेटिक्स ग्रान्ड प्रिक्समा नेपालबाट ६ जना खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । भारतको नयाँ दिल्लीमा यही मार्च ७ देखि १४ तारिख (फागुन २३ देखि आगामी चैत १ गते) सम्म हुने प्रतियोगितामा पाँच पुरुष र एक महिला खेलाडीले नेपालको तर्फबाट चुनौती प्रस्तुत गर्नेछन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङले बिहीबार आयोजित एक कार्यक्रममा खेलाडीसहित १० सदस्यीय नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरे ।
पुरुष चार सय मिटर दौडमा नवराज कार्की र गोविन्द गिरी, सटपुटमा हिमाल अर्याल र फणिनारायण पौडेल तथा डिस्कस थ्रोमा राजु गुरुङले सहभागिता जनाउने छन् । गोविन्दले ज्याभ्लिन थ्रोमा पनि प्रतिस्पर्धा गर्नेछन् । प्रभा आङदेम्बेले महिला दुई सय, चार सय मिटर दौड र लङजम्पमा भाग लिनेछिन् ।
‘अफिसियल’मा राखेपकी सदस्य अन्जना श्रेष्ठ र मुक्तिनाथ अधिकारी, व्यवस्थापकमा ओमनाथ सिवाकोटी र प्रशिक्षकमा विमला राना मगर छन् । एक महिनाको अन्तरालमा नेपालले पाराएथलेक्टसमा सहभागिता जनाएको यो दोस्रो पटक हो ।
नेपालले गत फेब्रुअरी ४ देखि १४ तारिखसम्म दुबईमा भएको ग्रान्ड प्रिक्समा सहभागिता जनाएको थियो । खेलाडीमा प्रभा र नवराज तथा प्रशिक्षकमा विमला उक्त टोलीमा पनि दोहोरिएका थिए । दुबईमा गरेको प्रदर्शनका आधारमा प्रभा र नवराजलाई पुनः टोलीमा समावेश गरिएको राखेपले जनाएको छ । नेपाली टोलि भोलि भारतको नयाँ दिल्ली प्रस्थान गर्नेछन् ।











रौतहटको मदिरा उद्योगमा विस्फोट हुँदा १ जनाको मृत्यु, ६ जना घाइते
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
स्वामी परमानन्द सरस्वतीको सम्मानमा संस्मरणात्मक हुलाक टिकट प्रकाशन
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
राप्रपा र राप्रपा नेपालकाे सरप्राइज एकता घाेषणा
प्रतिक्रिया