कुलमान कानुनभन्दा माथि छैनन् मन्त्री खड्का

काठमाडौँ । उर्जा, जलस्रोत र सिचाईमन्त्री दिपक खड्काले कुलमान घिसिङले कानुन नमान्ने गरेको र मन्त्रालयको निर्देशन तथा बारम्बारको पत्राचारलाई समेत नटेर्ने गरेको आरोप लगाएका छन् ।
प्रतिनिधिसभामा आज विशेष समयमा मन्त्री खड्काले संसदमा कुलमानको विषयमा उठेका प्रश्नको जवाफ दिदै कुलमान कानुन भन्दा माथि नरहेको बताएका हुन् ।
उनले कुलमानले लोडसेडिङ अन्त्यको श्रेय लिएको भन्दै यसको श्रेय भारतलाई दिनुपर्ने समेत बताए । मन्त्री खड्काले भारतसँग विद्युत बिक्रीको सम्झौतामा पनि कुलमानको कुनै भूमिका नरहेको बताए ।
मन्त्री खड्काले कुलमानको कार्यसम्पादन मुल्यांकनमा शुन्य अंक दिइएको विषयमा जानकारी दिदै नियुक्ति गर्दा नै हरेक वर्ष कार्यसम्पादन मूल्यांकन गर्ने, त्यसका आधारमा पुरष्कृत गर्ने कि निष्कासन गर्ने भन्ने उल्लेख भएको स्पष्ट गरे ।
उनले भदौ मसान्तभित्र कार्यसम्पादन मूल्यांकन गर्नुपर्ने व्यवस्था रहेको भएपनि कुलमानले समयमा नबुझाएको बताए ।
उनले भने- ‘एकैचोटि पुसमा ल्याएर आफैँ नम्बर दिएर ९९.७८ आएको छ भनेर मन्त्रालयलाई दिनुभयो ।’ खड्काले कानुनको पालना नगरेकाले उनलाई शून्य दिइएको बताउए । साथै मन्त्री खड्काले ‘उहाँलाई कानुन लाग्दैन भनेर संविधानमा नै लेख्नू’ भनी सांसदहरुलाई कटाक्ष समेत गरेका थिए । खड्काले भने- ‘कि मलाई भनिदिनुपर्यो माननीयज्यूहरूले, कि उहाँ कानुनभन्दा माथि हुनुहुन्छ । उहाँलाई कानुन लाग्दैन । संविधानमा लेखिदिनुपर्यो ।’
साथै मन्त्री खड्काले आफुलाई नटेरेको बताउदै भने- ‘उहाँ उपस्थित नै हुनुभएन, टेर्दै टेर्नुभएन । चिन्दै चिन्नुभएन ।’









भ्याली पब्लिक यु–१९ बास्केटबल लिग च्याम्पियन
झापा भिरबाट लडेर एक जनाको मृत्यु
देउवा-ओलीबीच भेट
काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै
सेयर बजारमा १३ अंकको गिरावट, तीन अर्ब ५१ करोडकाे काराेबार
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
प्रतिक्रिया