राप्रपा छोडेकी अन्जना राप्रपा नेपालमा, कमल थापाले दिए सहमहामन्त्रीको जिम्मेवारी

काठमाडौं । पछिल्लो समय राप्रपाको महिला संगठनको अध्यक्ष पदबाट राजीनामा दिएर राजाबादी अभियानमा कृयाशिल अन्जना शाह रावल राप्रपा नेपालमा प्रवेश गरेकी छिन् ।
आज राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टी कार्यालय सिफलमा आयोजित कार्यक्रममा रावललाई स्वागत गरे । थापाले सबै राजाबादी , हिन्दुबादी र संघीयता बिरोधि एक ठाउँमा आएर भ्रष्ट ब्यबस्था र शासकको बिकल्प खोज्न सडकमा आउनु पर्नेमा जोड दिए । दलहरुकै असक्षमता र असफलताको कारण अब संघीय, धर्मनिरपेक्ष, गणतन्त्रको आयु सकिएको र धराशायी भएको उनको टिप्पणी थियो ।
प्रबेशी अन्जना शाह रावलले राजसंस्था र हिन्दुराष्ट्रको एजेन्डाको सुत्रधार कमल थापा भएको र कमल थापालाई कमजोर बनाएर घेराबन्दी गराएर एजेन्डा स्थापित हुन नसक्ने हुँदा कमल थापा नेतृत्वको राप्रपा नेपाललाई सहयोग गर्न, एजेन्डा स्थापित गर्न राप्रपा नेपालमा आबद्ध भएको बताईन ।
रावललाई सहमहामन्त्रीको जिम्मेवारी दिईएको पार्टी केन्द्रिय सचिवालयले जनाएको छ । कार्यक्रममा समाजसेवी तथा राजसंस्था पक्षधर बिष्णुगोपाल श्रेष्ठको समेत उपस्थिति रहेको थियो ।
















कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही: नेकपा संयुक्त
निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
पाकिस्तानमा वार्ता चलिरहँदा ट्रम्पले भने- ‘इरानले ठुलो हार ब्यहोरिरहेछ’
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
आज देशभर मौसम बदली,यी स्थानमा भारि वर्षा
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिक्रिया