क्यानले सार्वजनिक गर्यो वार्षिक क्यालेन्डर, यस्तो छ खेल तालिका

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२५ का निम्ति वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै क्यानले २०२५ मा नेपाली राष्ट्रिय पुरुष र महिलाका साथै उमेर समूहमा हुने क्रिकेट तालिका सार्वजनिक गरेको हो ।
यो वर्ष नेपालको ध्यान विश्वकप छनोटका निम्ति केन्द्रित हुने क्यान सचिव पारस खड्काले बताए । नेपाली टोलीले अप्रिलमा हङकङ सिरिज, मेमा यूके भ्रमण गर्दै जुनमा आईसीसी विश्वकप लिग–२ खेल्नेछ ।
यस्तै, ट्वान्टी–२० विश्वकप छनोटको तयारी श्रीलंकामा हुने सचिव खड्काले जानकारी दिए ।
आउँदो अक्टोबरमा नेपालले ओमानमा विश्वकप छनोट खेल्नेछ । नोभेम्बरमा यूएईमा विश्वकप लिग–२ खेल्नेछ ।
महिला क्रिकेट टोलीले अप्रिलमा भुटानसँग ट्वान्टी–२० सिरिज खेल्ने क्यान सचिव खड्काले बताए ।
यसैगरी, घरेलुतर्फ नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करण नोभेम्बरमा हुनेछ । प्रधानमन्त्री कप क्रिकेट मार्चमा हुने क्यानले जनाएको छ ।
क्यान सचिव खड्काले नेपाली क्रिकेट खेलाडीको ‘ग्रेडिङ’ छिटै सार्वजनिक गर्ने जानकारी दिए ।
















नयाँ सरकारको पर्खाइमा सिंहदरबार, सजाइँदै मन्त्रालयहरू
महालक्ष्मी विकास बैंकको वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न
अमेरिकाविरुद्ध इरानको तयारी तीव्र, हर्मुज बन्द गर्ने चेतावनी
चीनद्वारा समुद्रबाट स्मार्ट ड्रागन–३ रकेटको सफल प्रक्षेपण
सेयर बजारमा सामान्य अंककाे वृद्धि
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
प्रतिक्रिया