अम्बानीकाे बिहेमा सबैले २ करोडकाे घडी पाएपछि मिका सिंहले भने- मलाई १ कराेडकै भएपनि दिनुस्

काठमाडौं । भारतीय गायक मिका सिंहले हालै सम्पन्न अनन्त अम्बानीको विवाहको बारेमा कुरा गरेका छन् ।
अनन्तको बिहेमा आएका पाहुनाले २ करोड रुपैयाँको घडी पाउँदा आफुले नपाएको उनले गुनासो गरे ।
पिंकभिलासँग कुरा गर्दै मिका सिंहले भने, ‘अनन्त अम्बानीले आफ्नो विवाहका पाहुनाहरूलाई एउटा लग्जरी घडी उपहार दिएका थिए, जसको मूल्य २ करोड थियो। सबैले आफ्नो घडी देखाउँदै फोटो पोस्ट गरिरहेका थिए। तर उहाँले मलाई कुनै घडी उपहार नदिँदा मलाई धेरै नराम्रो लाग्यो।’
मिकाले अनन्त अम्बानीलाई अपील गर्दै भने, ‘जब पनि तिम्रो इच्छा जे होस्, २ करोड वा १ करोड रुपैयाँको घडी, योभन्दा कम होइन । मलाई पठाउनुहोस्। म कहिल्यै इन्कार गर्दिनँ।’
जुलाई १२ मा, अनन्त अम्बानी र राधिका मर्चेन्टले मुम्बईको जियो वर्ल्ड सेन्टरमा विवाह गरेका थिए। यो विवाहमा भारत तथा विदेशका धेरै चर्चित व्यक्तित्वहरुको सहभागिता रहेको थियो । विवाहमा सहभागी पाहुनाहरुलाई अम्बानीले २ करोड रुपैयाँको लग्जरी रिस्ट घडी उपहार दिएका थिए ।














सुदूरपश्चिममा नेकपाका अधिकांश उम्मेदवारको टुङ्गो
भेनेजुएलाका उद्योगमन्त्री साबलाई पदबाट बर्खास्त
११ एसएसपीकाे सरूवा, काे कहाँ (सूचीसहित)
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
आज २०८२ साल माघ १ गते बिहीवारको राशिफल
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
प्रतिक्रिया