कोरोना बीमा नहुने

काठमाडौं । यो वर्ष कोरोना बीमा नहुने भएकाे छ । बीमा गर्नेको संख्या बढ्दै जाँदा बीमा कम्पनीलाई असहज भएकाले बीमा बन्द भएको हो ।
कोरोना बीमा बन्द हुँदा बीमा कम्पनी पनि खुसी देखिएका छन् । धेरैमा कोरोना लागेकाले क्षतिपूर्तिका लागि रकम उठाउन जानेको संख्या बढेसँगै कोरोना बीमा बन्द भएको सुन्न थालिएको हो । सानीमा इन्सोरेन्स कम्पनीका बानेश्वर ब्राण्ड म्यानेजर कञ्चन बोगटीले गत वर्ष कोरोना बीमा गर्नेले नक्कली कागज समावेश गरेकाले बीमा कम्पनीलाई असहज भएकाले अहिले बन्द गर्न बाध्य भएको बताइन् ।
कम्पनीहरुले १ लाख रुपैयाँ र ५० हजार रुपैयाँ गरी २ वटा कोरोना बीमा बिक्रीमा आएको थियो । समितिले कोरोना बीमा निर्देशिका गत भदौ २८ गते पहिलो पटक संशोधन गरेको थियो । संशोधित निर्देशिका अनुसार बैशाखदेखि भदौसम्म बिक्री भएको बीमाको म्याद चैत मसान्तमा समाप्त भएको छ । भदौपछि बिक्री भएको कोरोना बीमाको म्याद ०७८ असार मसान्तदेखि समाप्त हुनेछ ।
बीमा गर्नेको संख्या बढ्दे जादा बीमा कम्पनीले फाइदा लिन नसक्दा देखिएको नकारात्मक असरका कारण नयाँ कोरोना बीमा बिक्रीमा तगारो आएको अर्थजानकार नवराज गौतम बताउँछन् । आफ्नै रिर्जभबाट पैसा भिकेर दावी भुक्तानी वितरण गर्नु परेपछि बीमा कम्पनीहरुले बीमा बिक्री गर्न क्रमिक रुपमा छोडेको आरोप गौतमको छ । हालसम्म करिब १७ लाख जनाले कोरोना बीमा गरेको बीमा समितिले जनाएको छ ।

















टी–२० विश्वकप : भारतले जिम्बाब्वेलाई दियो २५७ रनको विशाल लक्ष्य
युक्रेन युद्ध अन्त्यका लागि हतार नगर्ने रुसको घोषणा
अहिले सेटिङमा निर्वाचन सर्वेक्षण सार्वजनिक गरिएका छन् : विष्णु पौडेल
इरान र अमेरिकी प्रतिनिधिमण्डल वार्ता सहमति नजिक !
अबको पाँच वर्ष स्वर्णिम बनाउने छौँ, मुलुकलाई दुर्घटनामा पर्न दिन्नौँ : सभापति थापा
मौद्रिक नीति अर्धवार्षिक समीक्षाः क्षेत्रगत कर्जा विस्तार र पूर्वाधार लगानीमा सहजीकरण
साम्बाले भनिन् – उपचारखर्च जुटिसक्यो, सहयोग रोक्नुस्
इटहरीवासीलाई बालेनले साेधे – तरकारी कहाँको खानुभयो ? बोर्डर पारीको ?’
सुरक्षा खतराको कारण घर छाडेका अष्ट्रेलियाका प्रधानमन्त्री निवासमा फिर्ता
क्रिकेटर करण केसीले गरे बिहे
प्रतिक्रिया