हङकङले नेपाललाई दियो रनको लक्ष्य १०१ रनको लक्ष्य

काठमाडौँ । हङकङले नेपाललाई १०१ रनको लक्ष्य दिएको छ ।
युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा जारी चार देशीय सिरिज अन्तर्गत हङकङले टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाउँदै १०० रन बनाएको हो ।
हङकङका लागि कप्तान नताशा माइल्सले सर्बाधिक ३५ रन बनाएकी थिइन् भने मारिको हिलले २१ रन बनाएकी थिइन् ।
त्यस्तै नेपाली बलर इन्दु बर्मा र इश्वरी विष्टले २-२ विकेट लिए भने पुञ्ज महतो र रचना चौधरीले एक एक विकट लिएका थिए ।
यस सिरिजमा नेपालले खेलेका दुई खेलमा एक जित र एक हार बेहोरेको छ । त्यस्तै हङकङले पनि २ खेलमा एक जित र एक हार बेहोरेको छ ।
नेपालले अर्को खेल मार्च १२ मा नामिबियाविरुद्ध, मार्च १३ मा युगाण्डाविरुद्ध र मार्च १४ मा हङकङविरुद्ध खेल्ने तालिका रहेको छ ।
त्यसपछि मार्च १६ मा अंक तालिकामा पहिलो र दोस्रो हुने तथा तेस्रो र चौथो हुने देशबीच खेल हुने तालिका रहेको छ ।









जेनजी आन्दोलनका सहिदः ‘सहिद घोषणा मात्रै होइन, न्याय पनि चाहिन्छ’
तरकारी खेतीबाट वार्षिक १० लाख बचत
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
‘बोलेरै खान्छ भन्थ्यौँ, त्यही विद्यार्थी मन्त्री बनेपछि खुसी छौँ’
एनपिएलः आज दुई खेल हुँदै
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
बलिउड अभिनेता धर्मेन्द्रको निधन
संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुखद्वा्रा ‘जेनेरेटिभ एआई’ ले ल्याउनसक्ने समस्याबारे चिन्ता व्यक्त
प्रतिक्रिया