हेटौँडा अस्पतालमा ‘आइसीयु’ र भेन्टिलेटर सेवा सुरु

हेटौँडा । हेटौँडा अस्पतालमा सघन उपचार कक्ष ‘आइसीयु’ र भेन्टिलेटर सेवा शुरु भएको छ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना भाइरस संक्रमित बिरामीहरुको उपचारमा सहजता ल्याउनका लागि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले हेटौंडा अस्पतालमा स्थापना गरेको आइसीयु र भेन्टिलेटर सेवाको आज शुभारम्भ गरेका छन् ।
मुख्यमन्त्री पौडेलले कोभिड–१९ सङ्क्रमित बिरामीहरुलाई तत्काल उपचार गर्न आइसीयु, भेन्टिलेटर र दक्ष चिकित्सकसहित स्वास्थ्यकर्मीहरुलाई प्रदेश सरकारले उच्च प्राथमिकताका साथ उपलब्ध गराउने बताए । उनले उपचार सेवालाई अझ प्रभावकारी र गुणस्तरीय बनाउन चिकित्सकलाई निर्देशन दिए ।
प्रतिष्ठानले हेटौँडा अस्पताल परिसरभित्र १६ शैय्याको सघन उपचार कक्ष र ६ शैय्याको भेन्टिलेटर कक्षको स्थापना गरिएको हेटौँडा अस्पतालका डा सागर काफ्लेले जानकारी दिए । रासस

















यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
काठमाडौँका सबै क्षेत्रमा रास्वपाकाे प्रारम्भिक अग्रता
भक्तपुरमा आजैदेखि मतगणना गरिने
काठमाडौं क्षेत्र नं ३ मा ९ बजे सर्वदलीय बैठकपछि मतगणना गर्ने तयारी
अमेरिकी आधारहरूमा आक्रमण बढाउँदै इरान
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
जतिसक्दो छिटो बहराइन, जोर्डन र इराक छाड्न आफ्ना नागरिकलाई अमेरिकाको निर्देशन
प्रतिक्रिया