नामिबियाविरुद्धको टस जितेर पहिले बलिङ गर्दै नेपाल

काठमाडौँ । महिला टी–२० अन्तरराष्ट्रिय क्रिकेट प्रतियोगिताअन्र्तत नामिबियाविरुद्धको खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएको छ । युगान्डाको एन्टेबे क्रिकेट मैदानमा भर्खरै भएको टसमा नेपाली टोलीकी कप्तान इन्दु बर्माले टस जित्दै नामिबियालाई ब्याटिङको निम्तो दिइन् ।
जारी प्रतियोगितामा दुई हार बेहोरेको नेपाल जित निकाल्ने उद्देश्यका साथ मैदानमा उत्रदैछ । नेपाल आफ्नो पहिलो खेलमा नामिबियासँग ६ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा युगान्डालाई एक विकेटले पराजित गरेको थियो । त्यसैगरी तेस्रो खेलमा नेपाल हङकङसँग दुई रनले पराजित भएको थियो ।
नेपाल प्रतियोगितामा अघि बढ्नका लागि आजको खेल जित्नै पर्ने दबाबमा छ । नामिबियाले पनि नेपालबाहेक अन्य टोलीलाई हराउन सकेको छैन । यसअघि हङकङसँग चार विकेटले पराजित भएको नामिबिया युगान्डासँग एक रनले पराजित भएको थियो ।











सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी
जेलेन्स्कीले दिए रुसलाइ कडा चेतावनी
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन माग
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
रवि लामिछाने र बालेन रातभर ६ घण्टा वार्ता : एउटै गाडीमा बाहिरीए
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
प्रतिक्रिया