समुन्नत मुलुक निर्माणमा क्रियाशील हुनुपर्ने : अध्यक्ष नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा प्रचलित सबै जाति तथा समुदायका मौलिक पर्वले सामाजिक सद्भाव एवं राष्ट्रिय एकता सुदृढ गर्न महत्वपूर्ण योगदान गर्ने बताएका छन् ।
शेर्पा समुदायको सांस्कृतिक पर्व ग्याल्पो ल्होसारका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले सबै नेपालीबीच विविधतामा एकता, सद्भाव, बन्धुत्व एवं सम्मान कायम गरी राष्ट्र निर्माणमा अग्रसर हुनुपर्ने बताए ।
बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त हाम्रो देशका विभिन्न समुदायका रीति, परम्परा र संस्कृति हाम्रा मौलिक पहिचान र बहुमूल्य सम्पत्ति हुन् भन्दै उनले सबै जातजाति तथा समुदायको भाषा, संस्कृति तथा पहिचानको संरक्षण गर्नु राज्यको कर्तव्य भएको सन्देशमा उल्लेख गरेका छन् ।
शेर्पा समुदायले नयाँ वर्षका रुपमा मनाउने ग्याल्पो ल्होसारले एकापसमा सहयोग, सामाजिक सहिष्णुता तथा आर्थिक प्रगति कायम गर्न सबैमा प्रेरणा प्रदान गर्ने विश्वास उनले व्यक्त गरेका छन् ।










सुहाङलाई प्रधानमन्त्रीले भनिन्- तपाईँजस्ता युवाले देशको बागडोर सम्हाल्नुपर्छ
मधेस प्रदेशको सभामुखमा जसपाका रामअशिष यादव निर्वाचित
कानुनलाई सरल बनाउन अध्ययन जारी छ: मन्त्री सिन्हा
नबिल बैंक युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालको बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित
निर्वाचन आयोगद्वारा समावेशी समूहको प्रतिशत निर्धारण, कसको कति ?
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
प्रतिक्रिया