युगाण्डाले नेपाललाई दियो ९२ रनको लक्ष्य

काठमाडौँ । युगाण्डाले नेपाललाई ९२ रनको लक्ष्य दिएको छ । जारी चार देशीय सिरिज अन्तर्गतको खेलमा टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको युगाण्डाले २० ओभरमा ५ विकेट गुमाउदै ९१ रन बनाएको हो ।
युगाण्डाका लागि रिताह मुसमालीले सर्बाधिक ३८ र एसथर इलोकुले २२ रन बनाएकी थिइन् । त्यस्तै नेपाली बलर रिया श्रेष्ठले २ विकेट लिएकी थिइन् भने इश्वरी विष्ट, पुजा महतो र रुबिना क्षेत्रीले एक एक विकेट लिएका थिए ।
नेपालले यसअघि खेलेका ४ खेलमा एक जित र ३ हार बेहोरेकोले फाइनलमा पुग्न यो खेल जित्नैपर्ने दबाब रहेको छ । नेपालले यस अघि नामिबियासँग दुवै पटक र हङकङसँग एक पटक हार बेहोरेको थियो भने आयोजक युगाण्डालाई पराजित गरेको थियो ।
यो खेलपछि अब नेपालले मार्च १४ मा हङकङविरुद्ध खेल्ने तालिका रहेको छ ।
त्यसपछि मार्च १६ मा अंक तालिकामा पहिलो र दोस्रो हुने तथा तेस्रो र चौथो हुने देशबीच खेल हुने तालिका रहेको छ ।









लुम्बिनीविरुद्ध पहिला बलिङ गर्दै सुदूरपश्चिम
आज कति छ सुनको भाउ ?
आठौँ सामाजिक सुरक्षा दिवस : साढे २६ लाख नागरिक सामाजिक सुरक्षाको छाताभित्र
हङकङकाे आवासिय भवनमा आगलागीमा परेर मर्नेको संख्या ४४ पुग्योः २७९ अझै बेपत्ता
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
बलिउड अभिनेता धर्मेन्द्रको निधन
संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुखद्वा्रा ‘जेनेरेटिभ एआई’ ले ल्याउनसक्ने समस्याबारे चिन्ता व्यक्त
प्रतिक्रिया