आमिरलाई जब एकैचोटि ४०० फिल्मको अफर आयाे..

काठमाडौं । आमिर खानलाई बलिउडको मिस्टर परफेक्शनिस्ट भनिन्छ। तर यो पद प्राप्त गर्न उनलाई त्यति सजिलो थिएन। यसका लागि उनले धेरै संघर्ष गर्नुपर्यो।
आमिरको भाग्य त्यतिबेला परिवर्तन भयो जब उनको फिल्म कयामत से कयामत तक बक्स अफिसमा ब्लकबस्टर बन्यो। यो फिल्मपछि उनलाई एक/दुई होइन, लगभग ३/४ सय फिल्मको अफर आयो।
फिल्म फेस्टिवलको सुरुवात कार्यक्रममा आमिर आफैंले यो कुराको खुलासा गरेका हुन्। उनले भने,’ ‘जब मैले फिल्मी करियर सुरु गरें, सुरुवातमा सन्तुष्ट थिइनँ।’ तर मेरो फिल्म कयामत से कयामत तक ब्लकबस्टर हुने बित्तिकै मेरो भाग्य बदलिएको जस्तो लाग्यो।’
उनले थप भने, ‘मलाई धेरै अफर आउन थाले। इमान्दारीपूर्वक भन्नुपर्दा, मलाई लगभग ३०० देखि ४०० फिल्मको अफर आयो। विभिन्न ठाउँबाट निर्माताहरू मलाई भेट्न आउँथे। त्यतिबेला म नयाँ थिएँ। मलाई थाहा थिएन कि फिल्म साइन गर्नु पनि ठूलो जिम्मेवारी हो। त्यतिबेला एउटा अभिनेताले एकैसाथ कम्तीमा ३० देखि ५० वटा चलचित्रमा काम गर्थे। यो देखेर, मैले पनि एकैचोटि ९-१० वटा फिल्म साइन गरें। जब यी फिल्महरूको छायांकन सुरु भयो, मलाई महसुस भयो कि मैले ठूलो गल्ती गरेको छु।’













खासा क्षेत्रको वनमा भीषण डढेलो लागेपछि तातोपानी नाका बन्द
६५ ले दिए समानुपातिक उम्मेदवारी फिर्ताको निवेदन
सुदूरपश्चिममा २० हजार ७२७ प्रहरी परिचालन गरिने
इरान वार्ता र युद्ध दुवैका लागि तयार छ : विदेशमन्त्री
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
पुस २६ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
एमाले केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीबारे छलफल गर्ने
प्रतिक्रिया