पारा एथलेटिक्स टोली स्वदेश फर्कियो

काठमाडौं । विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा सहभागी भई नेपाली टोली शुक्रबार स्वदेश फर्किएको छ। भारतको नयाँ दिल्लीस्थित जवाहरलाल नेहरू स्टेडियमा मार्च ७ देखि १३ तारिखसम्म भएको प्रतियोगितामा प्रभा आङदेम्बेले नेपाललाई रजत दिलाएकी थिइन्।
प्रभाले टी– ४७ क्याटगोरीको महिला लङजम्पमा ३.९६ मिटर जम्प गर्दै रजत जितेकी हुन्। प्रभाले लङजम्पसहित २ सय र ४ सय मिटर दौडमा पनि सहभागिता जनाएकी थिइन्।
प्रभासहित नेपालबाट ६ खेलाडी सहभागी थिए। पुरुष ४ सय मिटर दौडमा नवराज कार्की र गोविन्द गिरी, सटपुटमा हिमाल अर्याल र फणिनारायण पौडेल तथा डिस्कस थ्रोमा राजु गुरुङले प्रतिस्पर्धा गरेका थिए। गोविन्दले ज्याभ्लिन थ्रोमा पनि खेलेका थिए।
अफिसियलमा राष्ट्रिय खेलकुद परिषद्की सदस्य अन्जना श्रेष्ठ र मुक्तिनाथ अधिकारी, व्यवस्थापकमा ओमनाथ सिवाकोटी तथा प्रशिक्षकमा विमला राना मगर भारत गएका थिए।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव टंकलाल घिसिङ, राखेपका सदस्य रामचन्द्र श्रेष्ठलगायतले अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।
















प्रधानमन्त्री कप क्रिकेटः एपीएफको विजयी सुरुवात
राप्रपाको निर्देशक समितिको अध्यक्षबाट लोहनीले दिए राजीनामा
नेकोस जुडोमा पाम र एमएमएसी टिम च्याम्पियन
मौसम पूर्वानुमानमा नयाँ उपलब्धिः चीनले सार्वजनिक गर्यो उपग्रह तस्बिर
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
रवि-बालेनसहित रास्वपा शीर्षनेताबीच भेटवार्ता
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
प्रतिक्रिया