पाकिस्तानमाथि न्युजील्याण्ड ९ विकेटले विजयी
मेरोन्यूज
२०८१ चैत २ गते १०:५९

काठमाडौँ । न्यूजील्याण्डले पाकिस्तानविरुद्धको ५ खेलको टी-२० सिरिजमा विजयी शुरुवात गरेको छ । आइतबार बिहान सम्पन्न सिरिजको पहिलो खेल न्यूजील्याण्डले ९ विकेटले जितेको हो ।
न्यूजील्याण्डको जितमा टिम सेइफेर्टले ४४ रन बनाए भने फिन एलेनले अविजित २९ र टिम रोबिन्सनले अविजित १८ रन बनाए ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको पाकिस्तानले १८.४ ओभरमा अल आउट हुदै ९१ रन बनाएको थियो ।
पाकिस्तानका लागि खुशदिल शाहले ३२ रन बनाए भने कप्तान सलमान अघाले १८ र जहानदाद खानले १७ रन बनाएका थिए । त्यसैगरी न्यूजील्याण्डका बलर क्याकाब डफीले ४ विकेट लिए भने किल जामिएसनले ३ तथा इश सोढ़ीले २ विकेट लिए ।
यो जितपछि पाकिस्तानले ५ खेलको सिरिजमा १-० को अग्रता हासिल गरेको छ र सिरिजको दोस्रो खेल मंगलबार हुने छ ।
सम्बन्धित









पूर्वसभामुख महरा धरौटी बुझाएर रिहा
प्रधानमन्त्रीसँग छलफल गर्न एमाले नेताहरु बालुवाटारमा
एमएडब्लू वृद्धिद्वारा प्रि–न्यू इयर ब्याश घोषणा : डोंगफेङ नामी र सेरेस ईभीमा आकर्षक अफर
राजनीतिक दलसहित सबै पक्षलाई सहमतिमै लगेर निर्वाचन सम्पन्न गर्छाैं : मन्त्री अर्याल
पेरुमा अफिस उद्घाटनसँगै दक्षिण अमेरिकामा डोंगफेंग मोटरको नयाँ यात्रा सुरु
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
बलिउड अभिनेता धर्मेन्द्रको निधन
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुखद्वा्रा ‘जेनेरेटिभ एआई’ ले ल्याउनसक्ने समस्याबारे चिन्ता व्यक्त
प्रतिक्रिया