राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा केन्द्रीय समितिको बैठक आह्वान
मेरोन्यूज
२०८१ चैत २ गते २१:३१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक आह्वान गर्ने निर्णय गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयमा आइतबार दिउँसो बसेको केन्द्रीय सचिवालय बैठकले केन्द्रीय समितिको बैठक आह्वान गर्ने निर्णय गरेको हो ।
बैठक बस्ने समय चाँडै तय गरिने निर्णय भएको रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए । उनका अनुसार आजको बैठकमा विगतमा भएका निर्णयहरूको कार्यान्वयनका बारेमा जानकारी लिने र दिने काम भएको हो ।
यसैगरी, वर्तमान राष्ट्रिय राजनीतिका बारेमा केन्द्रीय उपसभापति डा स्वर्णिम वाग्लेले जानकारी गराएको कार्यवाहक प्रवक्ता झाले बताए । संसदीय गतिविधिबारे र अहिले भइरहेको अधिवेशनबारे दलका उपनेता विराजभक्त श्रेष्ठ र प्रमुख सचेतक सन्तोष परियारले बैठकमा जानकारी दिएका थिए ।
सम्बन्धित
















मल आपूर्ति सुनिश्चित गर्नुपर्ने अखिल नेपाल किसान महासङ्घको माग
Speaker Aryal pledges to perform duties with neutrality
कम्बोडियाले थाइल्यान्डलाई सीमा विवादमा तत्काल वार्ता सुरु गर्न आग्रह
दाङमा पर्खालमा च्यापिएर एक जनाको मृत्यु, एक जनाको अवस्था गम्भीर
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया