अबको एक महिनापछि दैनिक एक लाख ९३ हजार संक्रमित थपिने प्रक्षेपण

काठमाडौं । नेपालमा एक महिनादेखि तीनभित्र दैनिक एक लाख ९३ हजार संक्रमित थपिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रक्षेपण गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा तथ्यांक विश्लेषण गर्दै डा.अर्चना श्रेष्ठले कोभिड संक्रमण वृद्धि दर विश्वभरमै नेपाल अति खराब अवस्थामा छ, यही दरमा संक्रमण फैल्ने हो भने, अबको एक महिनादेखि तीन महिनाभित्र नै दैनिक १ लाख ९३ हजार कोरोना संक्रमित थपिने दाबी गरिन् ।
उनले भनिन् ,‘कोभिड संक्रमण वृद्धि दर विश्वभरमै नेपाल अति खराब अवस्थामा छ यही दरमा संक्रमण फैल्ने हो र हामीले नियन्त्रण गर्न सकेनौँ भने अबको एक महिनादेखि तीन महिनाभित्र नै दैनिक १ लाख ९३ हजार कोरोना संक्रमित थपिने देखिएको छ ।’
यसरी संक्रमितको दर बढ्दै गएमा अबको एकदेखि तीन महिनामा नै पहिलो वेबको जति संक्रमित देखिने र दैनिक १ सय ४९ जनाको ज्यान जानसक्ने उनले दाबी गरिन् । अहिले परीक्षण गरिएको तुलनामा संक्रमित हुनेको दर निकै बढी भएको उनको भनाई छ ।













ग्लोबल आइएमई बैंककाे १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना
नबिल एसएसईको ‘सेलिब्रेटिङ फेलोसिप : जर्नी अफ इम्प्याक्ट’ कार्यक्रम सम्पन्न
खातामा प्यान नम्बर र इमेल अद्यावधिक गर्न ग्राहकहरूलाई एनआईसी एशिया बैंककाे आग्रह
नबिल बैंकको ४१औँ वार्षिक साधारणसभा सम्पन्न, सञ्चालक समितिको अध्यक्षमा चौधरी
रातभरिमा सहमतिको बिन्दुमा पुग्छौँ : श्याम घिमिरे
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
प्रतिक्रिया