२५ करोड अवैध रकमबारे विशेष प्रकारको छानबिन समिति गठन गर्न माग
मेरोन्यूज
२०८१ चैत ५ गते १३:२४

काठमाडौं। गत सोमबार राती समातिएको २५ करोड रूपैयाँको उचित छानबिनको माग गरिएको छ ।
प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले केरूङतर्फ जाँदै गरेको मालबहाक ट्रकबाट २५ करोड रुपैयाँ अवैध रकम बरामद भएको विषयमा छानबिनका लागि विशेष समिति बनाउन माग गरेको हो ।
बुधबार प्रतिनिधिसभा बैठकमा माओवादीका सांसद माधव सापकोटाले घटनाको छानबिनका लागि समिति बनाउन माग गरेका हुन् ।
‘यस घटनाबारे विशेष प्रकारको छानबिन समिति निर्माण गरियोस् । यस घटनाामा संलग्न रहेका उच्च तहका नेता, कर्मचारी जो हुन्, कानुनी दायरामा ल्याउन जोडदार माग गर्दछु,’ उनले भने ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सोमबार राति काठमाडौंको झोर क्षेत्रबाट २५ करोड रुपैयाँबराबरको विदेशी मुद्रासहित सिन्धुपाल्चोकका ४३ वर्षीय फुच्चे भनिने कुसाङ लामालाई पक्राउ गरेको थियो ।
सम्बन्धित
















इस्लामावादमा इरान–अमेरिका वार्ता सुरु
सङ्घीयता सुदृढ बनाउन संविधान संशोधन गर्न सकिन्छ: संयोजक दाहाल
नुवाकोटमा आफैँले काटेको रुखले लागेर एक जनाको मृत्यु, दुई घाइते
पर्यटन विकासलाई दिगो बनाउन गाउँ केन्द्रित हुनुपर्छः अध्यक्ष दाहाल
फरार प्रतिवादी धमाधम पक्राउ पर्दै
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
प्रतिक्रिया