दन्त स्वास्थ्य दिवसको अवसरमा कान्तिपुर डेन्टल कलेजद्वारा विविधि कार्यक्रम

काठमाडौं। कान्तिपुर डेन्टल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्च सेन्टर विश्व मुख तथा दन्त स्वास्थ्य दिवसको अवसरमा कार्यक्रम आयोजना गरिएको छ ।
कान्तिपुर स्कुल अफ डेन्टिष्ट्रीले सहयोगमा सेन्टरले आज दिवसको अवसरमा मुख तथा दन्त स्वास्थ्य सम्वन्धी जनचेतना जगाउनका लागि र्याली र दन्त परीक्षण सम्पन्न गरेको छ ।
बिहान ८ बजे विभिन्न नाराका साथ बसुन्धरा तथ महाराजगञ्ज क्षेत्रमा र्याली गर्दै मुख तथा दन्त स्वास्थ्यको महत्वको बारेमा प्रचार प्रसार गरेको छ । र्यालीपछि सेन्टरमा कम्युनिटी ओरल हेल्थ प्रोग्राम रिर्पोट समेत सेन्टरका अध्यक्ष डा.बुद्धिमान श्रेष्ठले सार्वजनिक गरे ।

सोही कार्यक्रमपछि कलेजमा नै निःशुल्क दन्त शिविरको गरिएको पनि उनले जानकारी दिए । सो शिविरमा करिव तीन सय जनाको निःशुल्क दन्त परीक्षण गरियो ।
महिला स्वयसेविका स्वास्थ्य सचेतना
यस्तै दिवसकै अवसरमा सेन्टरले टोखा नगरपालिकाका महिला स्वयसेविका लागि एक दिने मुख तथा दन्त स्वास्थ्य सचेतना कार्यक्रमको आयोजना गरेको छ ।
९८ जना महिला स्वयसेविकालाई नगरपालिकामा दन्त स्वास्थ्यको सचेतना गराउनका लागि कार्यक्रम आयोजन गरिएको सेन्टरका अध्यक्ष डा. श्रेष्ठले बताए ।
“महिला स्वयसेविकालाई अरु रोगको बारेमा तालिम आयोजना गरिएको हुन्छ । तर उनीहरुले दाँतको बारेमा नगरवासीलाई कुनै जनचेतना जगाएका हुँदैनन,”उनले भने, “हामीले पहिलो पटक उनीहरुलाई दाँत सम्बन्धि तालिम दियौ । अव उनीहरुले नगरपालिकामा दन्तरोगको बारेमा जनचेतना जगाउने छन् ।”
विश्व स्वास्थ्य संगठनको प्रतिवेदन अनुसार संसारमा सबैभन्दा बढी समस्या मुख स्वास्थ्यको रहेको छ । नेपालीहरुमा उमेरको हिसावले छिट्टै नै ३५ देखि ४४ वर्षको उमेरमा नै) पाइरियाको कारणले गर्दा दाँत झर्ने समस्या देखिएको छ । यसका साथै दाँतमा किरा लाग्ने, गिजाको रोग तथा मुखको क्यान्सर जस्ता समस्याहरुबाट पिडितहरुको संख्या पनि दिन दिनै बढ्दो छ ।
















अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना
अफगानिस्तानको सुन खानीमा विस्पोट, पाँच जनाको मृत्यु
पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र
झापामा विद्यार्थी बोकेको बस दुर्घटना, १३ जना घाइते
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजान्छ : सभापति थापा
प्रतिक्रिया