सुदूरपश्चिमका आठ जिल्ला ‘पूर्ण खोप सुनिश्चित’ घोषणा, कैलाली बाँकी

बैतडी । बैतडीसहित सुदूरपश्चिमका आठ जिल्ला ‘पूर्ण खोप सुनिश्चितता तथा दिपोपना’ जिल्ला घोषणा भएका छन् ।
‘स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता–हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ प्रदेशका आठ जिल्लालाई सो घोषणा गरिएको हो ।
प्रदेशको कैलालीबाहेकका अन्य आठ जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा भइसकेका सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले जानकारी दिए । बैतडी, दार्चुला, बझाङ, डोटी, डडेल्धुरा, बाजुरा, अछाम र कञ्चनपुर पूर्ण खोप सुनिश्चितता घोषणा भइसकेका छन् ।
कैलालीलाई पनि छिट्टै पूर्ण खोप सुनिश्चितता घोषणा गर्छौं”, उनले भने, “कैलालीलाई पनि पूर्ण खोप सुनिश्चितता घोषणाको तयारीमै छौं, बढ्दो कोरोना सङ्क्रमणका कारण प्रभावित भएको छ ।”
नेपाल सरकारले जारी गरेको पूर्ण खोप सुनिश्चितता निर्देशिका तेस्रो संशोधन २०७७ अनुसार जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने गरिएको छ । बालबालिकालाई १२ थरिका खोप तालिकाअनुसार नियमित लगाइएको मापदण्ड पूरा गरेपछि यहाँका आठ जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो ।
बच्चा जन्मेदेखि १५ महिनासम्मका सम्पूर्ण बालबालिकालाई नेपाल सरकारबाट निःशुल्क दिइने सबै खोप लगाउने र छुटेका १६ देखि २३ महिना उमेर समूहका बालबालिकालाई जिल्लाको समय तालिकाअनुसार खोपको मात्रा पुर्याइसकेपछि मात्र जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिन्छ । (रासस)










असोजमा मूल्यवृद्धि १.४७ प्रतिशत मात्रै
कम्बोडियामा बर्ड फ्लूबाट युवकको मृत्यु
लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन मङ्सिर ८ गतेदेखि
फूलखेतीबाट वार्षिक ८ लाख आम्दानी गर्दै धनगढीकी सुशीला
मधेस प्रदेशका सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता
आईजीपी कार्कीको निर्णय : कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मलाई सहुलियत कर्जा बढाउने
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश
आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल
सन्तोष परियारले किन त्यागे रास्वपा ? यस्ताे छ उनकाे राजीनामा पत्र
प्रतिक्रिया