स्तनक्यान्सरबारे सचेत गराउन जावलाखेलमा काठमाडौं पिंक केयरएथन

काठमाडौं । लिजर पोर्ट नेपालले काठमाडौं पिङक केयरअथन सफलतापूर्वक सम्पन्न गरेको छ।
मार्च महिनामा अन्तर्राष्ट्रिय महिला दिवस पर्ने भएकाले विशेष महिलाहरूका लागि लिजर पोर्ट नेपालले यो कार्यक्रम आयोजना गरेको हो।
यस कार्यक्रमले सबै उमेर समूहका सहभागीहरूबीच स्फूर्तिदायी गतिविधिहरूमार्फत महिला स्वास्थ्य र सशक्तिकरणको लागि आफ्नो आवाज उठाएको आयोजकको भनाई छ।
कार्यक्रम जुम्बा सत्रसँग सुरु भई, वाक र रनमा अघि बढेको थियो। ३ किलोमिटर, ५ किलोमिटर, १० किलोमिटर र २१ किलनेमिटरको दूरीमा राखिएको यात्राले विभिन्न फिटनेस स्तरका सहभागीहरूलाई समावेश गर्दै र उत्साह सुनिश्चित गरेको थियो।
काठमाडौं पिंक केयरअथन महिला दौड अन्तर्गत २१ किलोमिटरको उपाधि सुनसरी रोकाया, १० किलोमिटरको उपाधि निशा शार्की, ५ किमीको उपाधि सरस्वती भट्टराई, ३ किमीको उपाधि सम्झना राईले जितेकी छिन्।
यस्तै, २१ किमीमा पुष्पा भण्डारी दोस्रो र निर्मला केसी तेस्रो भए। १० किमीमा आशा रावत दोस्रो र सुमित्रा चौधरी तेस्रो भइन्। ५ किमीमा अनुश्रिया तण्डुकार दोस्रो तथा ममिता धामी तेस्रो भइन्। ३ किमीमा दौडतर्फ गायत्री श्रेष्ठ दोस्रो तथा शुपृता थापा तेस्रो भइन्।
३ र ५ किलोमिटरका विजेताहरूले मेडल र प्रमाणपत्रसहित काठमाडौंको लाजिम्पाटमा रहेको दुषित प्रिनशिश होटेलमा २ जनाको लागि नाइट प्याकेज प्रप्त गरेका छन्। यो सँगै १३ जना विजेताले मेटलाइफकने तर्फबाट पनि पुरस्कार स्वरूप इन्सुरेन्स प्याकेज प्राप्त गरे।
यस्तै १० किलोमिटरको विजेताले ३१ हजार , दोस्रो हुनेले २१ हजार र तेस्रो हुनेले ११ हजार प्राप्त गरेका छन्। उनीहरूले मेडल र प्रमाणपत्रसमेत प्राप्त गरे।
यसैगरि २१ किलोमिटरका विजेताले ५१ हजार दोस्रो हुनेले ३१ हजार र तेस्रो हुनेले २१ हजार प्राप्त गरेका छन्। उनीहरूले मेडल र प्रमाणपत्र समेत प्राप्त गरे।
ललितपुरको जावलाखेलमा आयोजित कार्यक्रममा २ वर्षदेखि ७० वर्षसम्मका झण्डै २ हजार महिलाहरु सहभागिता रहेको थियो। सधै घरायशी काम र दैनिकीमा व्यस्त रहने महिलाहरुलाई आफ्नो स्वास्थ्यको लागि पनि समय निकाल्न प्रेरित गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको आयोजक संस्था लेजर पोर्ट नेपालका अध्यक्ष नमराज जोशीले बताए।
काठमाडौं पिंक केयरअथनले स्तन क्यान्सर सचेतना, महिला स्वास्थ्य सेवा र समग्र जीवनशैलीका लागि प्रतिबद्धता व्यक्त गर्छ। सन् २०१७ मा यसको स्थापना भएदेखि वार्षिक कार्यक्रम महिलाहरुको जीवनशैलीमा परिवर्तन ल्याउने माध्यम बनेको छ। यसले व्यक्ति र समुदायलाई स्वस्थ र सक्रिय जीवनशैली अँगाल्न प्रेरणा प्रदान गर्ने लिजर पोर्टको भनाई छ।














आजको मौसम पूर्वानुमान : लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा वर्षाको सम्भावना
चैत १ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
भोलिदेखि ग्यास आधा सिलिन्डर मात्रै पाइने
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
प्रतिक्रिया