झापामा भोलिदेखि एक साता निषेधाज्ञा
मेरोन्यूज
२०७८ वैशाख १८ गते ११:०४
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय झापाले भोलि १९ गतेदेखि एक हप्ताका लागि निषेधाज्ञा गर्ने भएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले एक विज्ञप्ति जारी गर्दै भोलि मध्यरातबाट निषेधाज्ञा हुने जानकारी दिएका हुन् ।
जिल्लामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण तीव्र गतिमा फैलिएको भन्दै एक साता निषेधाज्ञा गर्ने निर्णय गरेको प्रजिअ तिमिल्सिनाले बताए । यो समयमा सबै सर्वसाधारणलाई घरबाट बाहिर ननिस्कन भनिएको छ । निषेधाज्ञाको समयमा कुनै पनि सभा, सम्मेलन गर्न नपाइने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
तर, सवारी साधनलाई भने जोर–बिजोर प्रणालीमा सञ्चालन गर्न दिइने प्रशासनले जनाएको छ । यस्तै, खाद्यान्न सामग्रीसम्बन्धी पसल बिहान ६ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्न पाइनेछ भने विवाह, व्रतबन्धलगायत सांस्कृतिक कार्यक्रममा सिमित मान्छेलाई मात्रै लैजान पाउने छ ।
सम्बन्धित













दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
प्रतिक्रिया