झापामा भोलिदेखि एक साता निषेधाज्ञा
मेरोन्यूज
२०७८ वैशाख १८ गते ११:०४
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय झापाले भोलि १९ गतेदेखि एक हप्ताका लागि निषेधाज्ञा गर्ने भएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले एक विज्ञप्ति जारी गर्दै भोलि मध्यरातबाट निषेधाज्ञा हुने जानकारी दिएका हुन् ।
जिल्लामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण तीव्र गतिमा फैलिएको भन्दै एक साता निषेधाज्ञा गर्ने निर्णय गरेको प्रजिअ तिमिल्सिनाले बताए । यो समयमा सबै सर्वसाधारणलाई घरबाट बाहिर ननिस्कन भनिएको छ । निषेधाज्ञाको समयमा कुनै पनि सभा, सम्मेलन गर्न नपाइने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
तर, सवारी साधनलाई भने जोर–बिजोर प्रणालीमा सञ्चालन गर्न दिइने प्रशासनले जनाएको छ । यस्तै, खाद्यान्न सामग्रीसम्बन्धी पसल बिहान ६ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्न पाइनेछ भने विवाह, व्रतबन्धलगायत सांस्कृतिक कार्यक्रममा सिमित मान्छेलाई मात्रै लैजान पाउने छ ।
सम्बन्धित















गेटा अस्पताल र पाठ्यपुस्तक छपाइबारे शिक्षामन्त्रीको चासो
खाडीमुलुकमा युद्धको अफवाह फैल्याउने ११ नेपाली पक्राउ
सरकारले तीव्र रफ्तारमा काम गरिरहेको छ: अर्थमन्त्री डा वाग्ले
नयाँ सभामुखको शपथ आइतबार
खाडीमुलुकमा युद्धको अफवाह फैल्याउने ११ नेपाली पक्राउ
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
प्रतिक्रिया