प्रधानमन्त्री कप : सुदूरपश्चिमले कोशीलाई दियो २४३ रनको लक्ष्य

घोराही (दाङ) । दाङको लमहीमा जारी नेपाल टेलिकम प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम प्रदेशले कोशी प्रदेशलाई जितका लागि २४३ रनको लक्ष्य दिएको छ ।
लमहीस्थित देउखुरी अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा भएको आजको खेलमा सुदूरपश्चिमका किरण ठगुन्नाको शतकीय पारीमा कोशीलाई २४३ रनको विजयी लक्ष्य दिएको हो । उनले ९१ बलमा चार छक्का र १२ चौकाको मद्दतमा एक सय १५ रन बनाए । योसँगै उनले दुई सतक पूरा गरेका छन् ।
गत फागुन २५ गतेदेखि जारी प्रतियोगितामा किरणले यसअघि पनि गण्डकी प्रदेशविरुद्ध अविजित एक सय २१ रन बनाउँदै पहिले शतक बनाउने खेलाडी बनेका थिए ।
आजको खेलमा सुदूरपश्चिमले ४३ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै दुई सय ४२ रन जोड्यो । सुदूरपश्चिमका लागि टेक बोहरा १६, अर्जुन विक १५, शेर मल्ल र कप्तान नारायण जोशी समान १४/१४ रन बनाएर आउट भएका हुन् । सौर्य श्रेष्ठ र निश्चल क्षेत्रीले समान १० रन बनाए ।
कोशी प्रदेशका लागि ज्ञानेन्द्र श्रेष्ठले चार विकेट लिए । फिर्दाेश अन्सारी र कप्तान अङ्कित सुवेदीले समान दुई/दुई विकेट लिए । दिपेश कँडेल, प्रकाश कार्कीले समान एक/एक विकेट लिएका छन् ।









पूर्वसभामुख महरा धरौटी बुझाएर रिहा
प्रधानमन्त्रीसँग छलफल गर्न एमाले नेताहरु बालुवाटारमा
एमएडब्लू वृद्धिद्वारा प्रि–न्यू इयर ब्याश घोषणा : डोंगफेङ नामी र सेरेस ईभीमा आकर्षक अफर
राजनीतिक दलसहित सबै पक्षलाई सहमतिमै लगेर निर्वाचन सम्पन्न गर्छाैं : मन्त्री अर्याल
पेरुमा अफिस उद्घाटनसँगै दक्षिण अमेरिकामा डोंगफेंग मोटरको नयाँ यात्रा सुरु
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
बलिउड अभिनेता धर्मेन्द्रको निधन
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुखद्वा्रा ‘जेनेरेटिभ एआई’ ले ल्याउनसक्ने समस्याबारे चिन्ता व्यक्त
प्रतिक्रिया