प्रधानमन्त्री कप : सुदूरपश्चिमले कोशीलाई दियो २४३ रनको लक्ष्य

घोराही (दाङ) । दाङको लमहीमा जारी नेपाल टेलिकम प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम प्रदेशले कोशी प्रदेशलाई जितका लागि २४३ रनको लक्ष्य दिएको छ ।
लमहीस्थित देउखुरी अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा भएको आजको खेलमा सुदूरपश्चिमका किरण ठगुन्नाको शतकीय पारीमा कोशीलाई २४३ रनको विजयी लक्ष्य दिएको हो । उनले ९१ बलमा चार छक्का र १२ चौकाको मद्दतमा एक सय १५ रन बनाए । योसँगै उनले दुई सतक पूरा गरेका छन् ।
गत फागुन २५ गतेदेखि जारी प्रतियोगितामा किरणले यसअघि पनि गण्डकी प्रदेशविरुद्ध अविजित एक सय २१ रन बनाउँदै पहिले शतक बनाउने खेलाडी बनेका थिए ।
आजको खेलमा सुदूरपश्चिमले ४३ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै दुई सय ४२ रन जोड्यो । सुदूरपश्चिमका लागि टेक बोहरा १६, अर्जुन विक १५, शेर मल्ल र कप्तान नारायण जोशी समान १४/१४ रन बनाएर आउट भएका हुन् । सौर्य श्रेष्ठ र निश्चल क्षेत्रीले समान १० रन बनाए ।
कोशी प्रदेशका लागि ज्ञानेन्द्र श्रेष्ठले चार विकेट लिए । फिर्दाेश अन्सारी र कप्तान अङ्कित सुवेदीले समान दुई/दुई विकेट लिए । दिपेश कँडेल, प्रकाश कार्कीले समान एक/एक विकेट लिएका छन् ।
















आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
आज चैत ८ गते आइतबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
दाउन्ने सडक खण्डमा यातायात सञ्चालनमा अवराेध जारी
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
प्रतिक्रिया