कविता
पानिको फोहरा हानिरहेको सिंहदरबार

छनलाई मसंग सिंगो जिन्दगि थियो
तर
सकियो यसरी नै,त्यसरीनै उज्यालोको खोजिमा।
अलिकति
विस्वास थियो
त्यो पनि पोखिएरै सकियो
-अलिकति नाराहरूमाथि
-अलिकति घोषणापत्रहरूमाथि
र अलिकति मतपत्रमाथि खन्याएर।
यी आँखाहरूसंग
जोशिलो सपनाहरू थिए
केही छुटिगए जंगलतिरै समयको मार्चपासमा
परेड खेल्दाखेल्दै
केहि खिया लागेर थन्किए
समयको शिविरभित्र।
यी ओठहरूसंग
बुलन्द आवाज थिए
-अलिकति खर्चियो
हजुरकै लागि बोलिदिन्छौँ भन्नेहरूको लागि कराईदिँदा
-अलिकति सकियो भक्तिगान गाउँदा गाउँदै
-अलिकति अल्झियो तानाशाहको विरुद्दको गितमा
-अलिकति सकियो निरङ्कुसताको विरुद्धको कवितामा
-अलिकति सकियो बेतिथिको विरुद्धको नारामा
-थोरै खर्च भो गणतन्त्रको पक्षको जयजयकारमा
-थोरै सकियो प्रतिगमनको विरोधि भाषणमा।
यी हातहरूसंग
दह्रिलो मुठ्ठि थियो
तर
-घरी भाँचिए जहानिया शाशनको विरूद्द उठ्दा
-घरी बाङ्गिए प्रजातन्त्रको लय सोझ्याउँदा
-कहिले बाँधिए विभेदको गाँठो फुकाउन खोज्दाखोज्दै
-कहिले झण्डा उचालेर उठ्यो
-कहिले कन्दुक समातेर तेर्सियो
हातहरूले अझैसम्म राहत खोजिरहेछन्।
यो छातिसंग
आत्मसम्मानको टाकुरा थियो
-अलिकति भत्कियो स्वाभिमानको व्यापारले
-अलिकति धस्कियो अराजकताको पहिरोले
-अलिकति पहिरो गयो हुकुमि शाशनको बाढीले
अहिले
पिडाको गहिरो खाडल मात्रै बाँकि छ।
यी पइतालाहरूसंग
अविचलित यात्राको प्रतिवद्दता थियो।
-केही हिँडिपठाईयो गन्तव्यको खोजिमा
-केही टेकिपठाईयो ईतिहासप्रतिको समर्पणमा
-केही पछ्याईपठाईयो आश्वासनको पछि पछि
-केही कुदिपठाईयो पक्ष विपक्षको झडपमा।
र
अहिले ठिक यो समय
रगतले लेखेको समर्पणको रक्तिम बहिखाता बोकेर
सपनाहरूको ठेगाना खोज्दै
म
आईपुगेको छु सिंहदरवार अगाडि
हेर्नू छ
पाईलाहरू रोक्न
पानिको फोहरा हानिरहेको सिंहदरबारसंग
बिचारको आगो निभाउने
कुन हतियार रहेछ ?
०००
–शुभचन्द्र राई, खोटाङ
















सातामा दुई दिन बिदा भएसँगै सौराहामा पर्यटकको आगमन उत्साहजनक
Home Secretary presents insignia to IGP Poudel
सभामुखले बोलाए प्रमुख सचेतक तथा सचेतकको बैठक
भूमिहीन नागरिकहरूको पहिचान गरी दीगो समाधान गरिने : प्रधानमन्त्री शाह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
दुर्गम क्षेत्रमा भि-स्याटमार्फत सेवा प्रवाह गर्दै टेलिकम
प्रतिक्रिया