पार्टी एकताबारे छलफल गर्न जनमतले बोलायो राष्ट्रिय परिषद् बैठक

काठमाडौं। डा. सिके राउत नेतृत्वको जनमत पार्टीले राष्ट्रिय परिषद् समितिको बैठक बोलाएको छ । जनमत पार्टी केन्द्रीय सचिवालय समिति बैठकको निर्णयनुसार राष्ट्रिय परिषद् समितिको बैठक बोलाएको प्रवक्ता शरदसिंह यादवले बताए ।
यादवका अनुसार बैठक १५ गते शुक्रबार बिहान ९ बजे देखि मध्य बानेश्वरमा बस्ने छ । बैठकमा नागरिक उन्मुक्ति पार्टीसँगको एकताका विषयमा छलफल हुने बताइको छ ।
अहिले यी दुई पार्टीबीच एकताका लागि विभिन्न प्रक्रियाहरूमा छलफल भइरहेको छ । जसमा प्रस्तावित नाम नागरिक जनमत पार्टी हुने सम्भावना छ ।
पार्टी अध्यक्षमा डा. राउत रहने सहमति छ । यस्तै संरक्षकमा नाउपाका संरक्षक रेशम चौधरी रहने र सहअध्यक्षमा भने नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ रहनेछिन् । चुनाव चिह्न नाउपाको ढकियालाई राखिने छलफल चलिरहेको छ ।
प्रवक्ता यादवका अनुसार अहिले दुवै पार्टीका ६ सदस्य कार्यदल सदस्यले विधानमा छलफल गरिरहेका छन् ।

















होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया