पार्टी एकताबारे छलफल गर्न जनमतले बोलायो राष्ट्रिय परिषद् बैठक

काठमाडौं। डा. सिके राउत नेतृत्वको जनमत पार्टीले राष्ट्रिय परिषद् समितिको बैठक बोलाएको छ । जनमत पार्टी केन्द्रीय सचिवालय समिति बैठकको निर्णयनुसार राष्ट्रिय परिषद् समितिको बैठक बोलाएको प्रवक्ता शरदसिंह यादवले बताए ।
यादवका अनुसार बैठक १५ गते शुक्रबार बिहान ९ बजे देखि मध्य बानेश्वरमा बस्ने छ । बैठकमा नागरिक उन्मुक्ति पार्टीसँगको एकताका विषयमा छलफल हुने बताइको छ ।
अहिले यी दुई पार्टीबीच एकताका लागि विभिन्न प्रक्रियाहरूमा छलफल भइरहेको छ । जसमा प्रस्तावित नाम नागरिक जनमत पार्टी हुने सम्भावना छ ।
पार्टी अध्यक्षमा डा. राउत रहने सहमति छ । यस्तै संरक्षकमा नाउपाका संरक्षक रेशम चौधरी रहने र सहअध्यक्षमा भने नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ रहनेछिन् । चुनाव चिह्न नाउपाको ढकियालाई राखिने छलफल चलिरहेको छ ।
प्रवक्ता यादवका अनुसार अहिले दुवै पार्टीका ६ सदस्य कार्यदल सदस्यले विधानमा छलफल गरिरहेका छन् ।










नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित
दुई थान पेस्तोलसहित एकजना पक्राउ
दुहबीको जुट मिलमा आगलागी
पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक सुरु
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
प्रतिक्रिया