बैतडीमा २४ स्वास्थ्यकर्मीमा कोरोना पुष्टि

बैतडी । नयाँ भरिएन्टसहितको दोस्रो लहरको कोरोना संक्रमण फैलिएसँगै अग्रपक्तिमा खटिने स्वास्थ्यकर्मीसमेत जोखिममा पर्दै गएका छन् । सङ्क्रमणको दोश्रो लहर फैलिएपछि बैतडीमा हालसम्म २४ स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।
प्रमुख भट्टका अनुसार सबैभन्दा बढी पुर्चौंडी नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत १४ स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको छ । यस्तै पाटन नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत चार, जिल्ला अस्पतालको पिसीआर प्रयोेगशालामा कार्यरत एक, सीमानाकास्थित झुलाघाट हेल्थडेस्कमा कार्यरत एक, गुरुखोला स्वास्थ्यचौकीमा कार्यरत एक र बैतडी प्लसमा कार्यरत एक स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालले जनाएको छ ।
संकमण पुष्टि भएका स्वास्थ्यकर्मीको स्वास्थ्य अवस्था गम्भीर नरहेको र उनीहरु आइसोलेसनमा रहेका प्रमुख भट्टले बताए । कोरोना संक्रमणको रोकथाम र उपचारका लागि अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी संक्रमित हुनथालेपछि समस्या भएको छ । उनेले भने, “कोभिडको क्षेत्रमा प्रत्यक्षरुपमा काम गरिरहेका स्वास्थ्यकर्मी नै संक्रमित भएपछि स्वास्थ्य सेवा नै प्रभावित भएको छ, संक्रमण देखिएका स्वास्थ्य संस्थामा आसपासका स्वास्थ्यकर्मीले आलोपालो मिलाएर काम गरिरहेका छन् ।”
जिल्लामा दोस्रो लहरको संक्रमणपछि १८८ मा संक्रमण पुष्टि भइसकेको छ भने एक जनाको मृत्यु भएको छ । कोरोना संक्रमण तीव्ररुपले फैलिरहेकाले स्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालना गर्न स्वास्थ्य कार्यालयले आग्रहसमेत गरेको छ । रासस










आज बस्ने भनिएको कांग्रेस बैठक ४ गतेलाई सारियो
प्रतिनिधिसभा निर्वाचन : तनहुँमा दुई मतदान केन्द्र थप गर्न सिफारिस
चितवन र तनहुँको देवघाटधामलाई जोड्ने झोलुङ्गे पुल जीर्ण : शतबीज छर्न आउने भक्तजनलाई समस्या
आज देखि दोस्रो संस्करणको एनपिएल सुरु, पहिलो खेलमा जनकपुर र काठमाडौं भिड्दै
विदेशी मुद्राको विनिमयदर : डलरकाे भाउ कति ?
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
सन्तोष परियारले छाडे रास्वपा
सन्तोष परियारले किन त्यागे रास्वपा ? यस्ताे छ उनकाे राजीनामा पत्र
नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए आफ्नो सम्पत्ति विवरण
प्रतिक्रिया