मन्त्रालय र महानगरबीच सहकार्य : अब वीर अस्पतालमा यी क्यान्सरको निःशुल्क परीक्षण

काठमाडौं । स्तन तथा पाठेघरको मुखको क्यान्सर नियन्त्रणका निम्ति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुरु गरेको परीक्षण अभियानमा काठमाडौं महानगरले सहकार्य गरेको छ ।
अब महानगरसँगको सहकार्यमा वीर अस्पतालमा स्तन, पाठेघर तथा सभाइकल क्यान्सरको नियमित निःशुल्क परीक्षण हुने भएको छ । यससम्बन्धमा मंगलबार काठमाडौं महानगर र वीर अस्पतालबीच सम्झौता भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र महानगर उपप्रमुख सुनिता डंगोलको उपस्थितिमा दुवै पक्षबीच नागरिकको निःशुल्क परीक्षणसम्बन्धी सम्झौता भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले पाठेघरको मुखको क्यान्सरविरुद्ध सजगताका लागि देशैभर फागुन महिनाभर निःशुल्क परीक्षणको निर्णय गरेर कार्यान्वयनमा ल्याएका थिए । उनले रोगको उपचारात्मक सेवामा सुधारसँगै रोग लाग्न नदिन सचतेतनाका निम्ति यो कार्यक्रम आवश्यक रहेको भन्दै सहकार्यका लागि काठमाडौं महानगरप्रति आभार प्रकट गरे ।
काठमाडौं महानगर उपप्रमुख सुनिता डंगोलले स्तन तथा पाठेघरको मुखको क्यान्सर महिलाका लागि ठूलो समस्या बनिरहेको अवस्थामा यस सहकार्यले महिलाहरूको जीवनरक्षा हुने विश्वास व्यक्त गरिन् ।
निर्देशक डा. दिलीप शर्माका अनुसार सबै नागरिकका लागि निःशुल्क रहने सुविधा उपलब्ध गराउन काठमाडौं महानगरले आर्थिक सहयोग गर्नेछ भने वीर अस्पतालले अंकोलोजी वार्डमार्फत जनशक्ति व्यवस्थापन गर्नेछ ।
















खातामा स्थायी लेखा नम्बर र ईमेल ठेगाना अद्यावधिक गर्न आग्रह
हुन्डाई नेपालद्वारा नयाँ वर्षलक्षित ‘हुन्डाईसँग शुभ यात्रा-२०८३’ अफर सुरु
एक महिनामा भित्रिए एक लाख २० हजार पर्यटक
सर्वसाधारणलाई मन्त्रालयमै बोलाएर गुनासो सुन्दै गृहमन्त्री
ऊर्जा मन्त्रालयमा सुशासन एकाइ गठन
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
सुशासन मार्गचित्रः नतिजामुखी बजेट र पारदर्शी कर प्रणालीमा जोड
प्रतिक्रिया