किन भरिन्छ पेटमा ग्याँस ? कसरी गर्ने उपचार ?

कहिलेकाहीं हामीले केही नखादा पनि हाम्रो पेट ग्याँसको कारण फुल्लिने र भरिने हुन्छ । चिकित्सकीय क्षेत्रमा यसलाई ‘बोल्टिङ’ पनि भनिन्छ । यस्तो समस्या विशेष गरेर पुरुषको तुलनामा महिलामा बढी देखा पर्दछ । व्यक्तिमा यस्ता अवस्था देखा पर्नु पछाडि क्रोनिक अवस्था रहेको हुन्छ । जसकारण २४ प्रतिशत व्यक्तिहरुमा ‘इरिटेबल बवेल सिन्ड्रोम’ समेत देखा पर्दछ ।
यसका साथै अन्यमा भने ग्याँस भरिएकै कारण व्यक्तिमा कब्जियतका समस्या समेत देखा पर्दछ । यससँगसँगै यस्ता समस्या देखा परेको व्यक्तिमा शरीरको केही भाग चलाउन असहज हुने, पेट दुख्ने, पेटमा ग्याँस भरिने, झाडा वा कब्जियत या दुवै हुन सक्ने हुन्छ । व्यक्तिमा यस्तो देखा परेपश्चात यसले सिधै आन्द्रामा असर पु¥याउँछ । यस्ता समस्या देखा पर्नु पछाडि निम्न कारणहरु रहेका छन्ः
खाली पेट
आवश्यकभन्दा बढी खानाको प्रयोग
असन्तुलित खानाको मात्रा
बढी हावा वा चिसोको कारण
कार्वाेहाइड्रटयुक्त तथा ग्याँस भरिएका खाना तथा पेय पदार्थको सेवन
उच्च फाइबरयुक्त अन्नको प्रयोग
चुइगम तथा अल्कोहलको प्रयोग
रोकथाम तथा उपचार हामीले यसको यसो हुन नदिनको निमित्त हाम्रो खानपिन तथा जीवनशैलीमा विशेष ध्यान दिनुपर्दछ । हामीले यस्ता समसया के कारणले देखा पर्दछ भन्ने कारणहरुबारे जानकारी लिई त्यस्ता बानीहरु बाट टाढै रहनु पर्दछ ।
यसका साथै कहिलेकाहीं हामीलाई यस्ता समस्या देखा परेको खण्डमा भने, हामीले हाम्रो शरीरमा यस्ता समस्या के कारणले देखा परेको हो कारण पत्ता लगाई सोही अनुरुप उपचार गर्नुपर्दछ ।
यसबाहेक हामीले पानीको सेवन अत्याधिक मात्रामा गर्ने, हल्का शारीरिक व्यायाम गर्ने र बिहान बेलुका बिरे नुन र ज्वानो मिश्रित पानीको सेवन गर्नुपर्दछ । तर, उक्त उपायहरुले पनि काम नगरी निरन्तर यस्तो समस्या देखा परेमा तुरुन्त चिकित्सक संग सल्लाह लिनुपर्दछ ।
-एजेन्सीको सहयोगमा















चैत १ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
आजदेखि वर्षा पश्चिमतिर विस्तार हुने
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
भोलिदेखि ग्यास आधा सिलिन्डर मात्रै पाइने
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
प्रतिक्रिया